भक्तपुर माघ १७ गते
भूकम्पपछिको पुनः निर्माण र पुनःस्थापनामा निजि क्षेत्रको योगदान र भूमिका बारे शुक्रबार भक्तपुरमा अन्तरक्रिया भएको छ । भक्तपुर उद्योग बाणिज्य संघको सभाहलमा टन्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको सो कार्यक्रममा २०७२ सालको भूकम्प पश्चात संघ र मातहतका निकायले गरेको योगदान र सहयोगलाई बेवास्ता गर्दै व्यबसायिहरुलाई निरुत्साहित गरेकोमा संघका अध्यक्ष प्रदिप श्रेष्ठले दुःख व्यक्त गरेको छ । विपद् पछि विभिन्न क्षेत्रको तथ्यांग संकलन गरी अनुदान र सहुलियतपूर्ण सेवा दिए पनि उद्योगि व्यवसायीहरुमा पारेको क्षति बारे तथ्यांग समेत संकलन हुन नसकेकोमा उहाँले आपति जनाउनु भयो । उद्योगी व्यवसायीलाई उपेक्षा नगरी पुनर्निर्माणका समस्या कहाँ कहाँ छन्? कहाँ कहाँ व्यवासयीको सहयोग हुनुपर्ने हो स्पष्ट खाका आउनुपर्नेमा जोड दिनु भयो ।
भूकम्प पश्चात उद्धार, भग्नावशेष व्यवस्थापन, राहत वितरण र बजार सहजिकरणमा उलेखनीय भूमिका खेलेका भक्तपुरका उद्योमी व्यवसायीहरुलाई कर लिने र कर बढाउने मात्रै व्यवहार गरिरहेको भन्दै सहभागि उद्मीहरुले आफूहरुले विपतमा गरेको सहयोगको अभिलेखिकरण गर्नुपर्ने माग गरेका थिए । साथै भूकम्प जस्तै विपतिहरुमा सधै पूर्वतयारीको अभाव रहने गरेको अवस्थामा थप योगदानका लागि के कस्तो भूमिका खेल्न आवश्यक देखिएको हो सो बारे व्यवसायीलाई जानकारी हुनुपर्नेमा जोड दिएका हुन ।
भूकम्पीय विपद्बाट पाठ सिक्दै पूर्वतयारी र सचेतिकरणका गतिविधिहरुमा भूमिका खेल्न उत्सुकता देखाउँदै भक्तपुरका उद्यमी व्यवयासीहरुले भूकम्पपछिको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न तयार रहेको समेत बताएका थिए ।
कार्यक्रमको सभापतित्वबाट टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले विपतिय जोखिम न्यूनिकरण र पूर्वतयारीकोलागि निजि क्षेत्रको भूमिका कस्तो हुनुपर्ने हो भने विषयमा नीतिगत व्यवस्थाका लागि व्यवसायीहरुसँग छलफल गरेको उल्लेख गर्दै २०६० साल देखि काठमाण्डौमा भूकम्पले गर्न सक्ने धनजनको क्षति बारे भूकम्पविदहरुले पूर्वानुमान गरी सचेतना दिइ रहेको भए पनि पूर्वतयारीमा सरकारसंँगसमेत भूकम्पको बेला एउटा त्रिपाल समेत तयारीमा नरहेको अवस्था औल्याउनु भयो । उहाँले कुनै पनि विपतिमा के गर्ने? भने पूवतयारीमा रहनुपर्ने कुरामा ध्यानाकर्षण गराउँदै विपतिय जोखिम न्यूनिकरणका गतिविधी आयोजना गर्नुपर्ने भन्दै नेपाल रेडक्रसले जस्तै प्रतिकार्यका लागि समुदायस्तरमा प्राथमिक उपचार तालिमहरु आयोजना गर्न व्यवसायीहरुले पनि ध्यान दिन आवश्यक भएकोमा जोड दिनु भयो । व्यवसायी भन्नाले बस्तु उत्पादन र बिक्रि गर्ने व्यापारीको रुपमा मात्र चिनिदा नराम्रो भइ रहेको भन्दै उहाँले सामाजिक उतरदायित्वका साथ पुनर्निर्माणमा भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज ज्ञलालले सार्वजनिक शिक्षामा सरकारको लगानी पर्याप्त भएको भन्दै नीजि क्षेत्रको लगानी आवश्यक नभएको विचार व्यक्त गरे । भक्तपुरका सार्वजनिक विद्यालय र सम्पदा क्षेत्रको उदाहरणीय पुनर्निर्माण भएको तर नीजि घरहरुको पुनर्निर्माणका विभिन्न समस्या रहेको बताए । सरकारी सेवा सुविधाहरु कसरी लिने भने विषयमा भूकम्प पीडितहरुको पहँुच समेत नपुगेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिव मान्नधरले वास्तबिक भूकम्प पीडितहरुको पहिचान गर्दैै सबै मिलेर पुनर्निर्माणमा सहयोग गर्नुपर्ने धारणा राख्नु भयो भने उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले बढ्दो शहरीकरणमा खुल्ला ठाउँको अभाव हुन थालेको बताउँदै पूर्वतयारीमा जुत्न आवश्यक रहेकोमा जोड दिनु भयो । संघका सदस्य राजेन्द्र प्रजापतिले भक्तपुर इटा उद्योग व्यवसायी संघ र ट्क व्यवसायी सँघले भूकम्पपछिको पुनर्निर्माणमा पुर्याएको योगदानलाई बिर्सेर कर उठाउने माध्यममात्र बनाइरहेको गुनासो व्यक्त गर्नु भयो । संघका कर्मचारी संजय जोन्छेले हात धुनलाई समेत विज्ञापन गर्नुपर्ने अवस्थामा पुनर्निर्माणका सुविधा सहज नभएको भदै पीडितले भन्दा अवास्तविक पीडितहरुले सेवा पाइरहेको गुनासो गर्नु भयो । टिआई नेपालका पूर्व महासचिव पद्मीनि प्रधानांगले पूर्ण निर्माणमा भक्तपुरका उद्यमीहरुले खेलेको भूमिका प्रसंशनीय रहेको चर्चा गर्नु भयो । सञ्चारकर्मी सुरेश सैंजूले भूकम्पपछिको पुनर्निर्माणमा एकद्धार प्रणाली पूर्णरुपमा कार्यान्वयन नहुँदा गुनासो बढेको उल्लेख गर्दै भूकम्पपश्चात जति उद्धार र सहयोग गरे पनि त्यो अपर्याप्त रहेको कुरा सबैले मनन गर्दै थप पूर्वतयारी र व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर इटा उद्योग व्यवासय संघका अध्यक्ष नातीभाई ह्यौबा भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रोशन भोय्द्य सहित पदाधिकारी र उदे्यमीहरुको सहभागिता थियो भने कार्यक्रम सञ्चालन संघका प्रशासकीय अधिकृत राजुमान बज्राचार्यले गर्नु भएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














