बालकोटमा बाबुछोरा मृत भेटिए ।।
भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत भेटिएका छन् । शरीरमा चोट लागेर मृत्यु भएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र २२ वर्षका प्रबिन भेटिएका प्रहरीले जनाएको छ ।

कुलप्रसादको टाउको पछाडि र कानमा चोट भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । अनुसन्धानको लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको छ । दुवाकोटस्थित केएमसी अस्पतालबाट फरेन्सिक विज्ञको टिम घटनास्थलमा गएर अनुसन्धान गरेका उहाँले जानकारी दिनुभयो । कुलप्रसाद आचार्य खोटाङस्थित जिल्ला हुलाक कार्यालयको निमित्त कार्यालय प्रमुख भएका खुलेको छ । कोठामा रहेका छेठो छोरा मिलन भने सम्पर्कविहिन भएका छन् । उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ ।












