घरको छतबाट लडेर बैद्यको मृत्यु

घरको छतबाट लडेर बैद्यको मृत्यु
भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २स्थित दुवाकोट बस्ने ५२ वर्षका विष्णु बैद्य आफ्नै घरको छतबाट खसेर हिजो मृत्यु भएको छ ।साढे ३ तल्लाको घरको छटबाट अचानक धान खेतमा लड्न जाँदा गम्भिर घाईते भएका बैद्यको भक्तपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका सूचना अधिकारी राजन कार्कीका अनुसार गम्भिर घाईते बैद्यको उपचारकोक्रममा मृत्यु भएपछि पोष्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोटमा लगिएको छ । प्रहरी वृत्त ठिमी भक्तपुरबट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी कार्कीले जनाएको छ ।