साँस्कृतिक गुरु स्व. मानन्धरको स्मृतिमा प्रतिमा र अक्षयकोष स्थापनाको घोषणा

साँस्कृतिक गुरु स्व. मानन्धरको स्मृतिमा प्रतिमा र अक्षयकोष स्थापनाको घोषणा
भक्तपुर, श्रावण १६ गते
साँस्कृतिक गुरु स्वर्गीय पूर्णबहादुर मानन्धरको स्मृतिमा प्रतिमा तथा अक्षयकोष स्थापना गर्ने घोषणा भएको छ । स्वर्गीय मानन्धरका जेष्ठा छोरा शिव मानन्धरले आफ्नो जन्मदाताको नाताले मात्र नभई उहाँले सामाजिक र साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै रु. १० लाख २० हजार ८ सय १३ रुपियाँ ६० पैसाको अध्यक्षकोष स्थापनाको घोषणा गर्दै स्व.मानन्धरको एक वर्ष भित्र प्रतिमा स्थापना गर्ने योजना सुनाएका हुन । ‘पूर्णबहादुर मानन्धरको सोच, मानन्धर समाजको विकासको लागि खोज’ उदेश्यका साथ पूर्णवहादुर फाउण्डेशन स्थापनाको घोषणा गर्दै उहाँले अक्षयकोषमा आफ्ना नातेदारहरुबाट पनि थप कोष जम्मा गरी सो कोषबाट मानन्धर समुदाय र समाजकालागि योगदान गर्ने धारणा व्यक्त गरेका थिए् ।


साक्व लाँः दाफा भजन खलःले आज साक्व लाँःको सभाहलमा आयोजित श्रद्धाजली सभामा बोल्दै शिव मानन्धरले आफ्नो बुवा आफ्नो जन्मदाता मात्र नभई आफ्नो निर्देशक, सल्लाहकार, गुरु र घनिष्ट साथी समेत रहेको उल्लेख गर्दै समाजकालागि दाफा भजनको आफ्नै वास बनाउनुपर्छ भन्ने सोच भएको व्यक्तित्व भएको स्मरण गरेका थिए ।
श्रद्धाञ्जली सभामा स्वर्गीय मानन्धरको तस्विरमा माल्र्यापण गर्दै एक मिनेटको मौनधारण गरी सहभागि समुदायले स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । बि.सं. १९९८।१०। १२ गते जन्मेका पूर्णवहादुर मानन्धरको रक्त क्यान्सर रोगको उपचारकाक्रममा २०८१।०३।०६मा निधन भएको थियो । स्वर्गीय मानन्धरका ४ छोरा, २ छोरी र एक श्रीमती छन् ।
सधै उद्मशील र समाजको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गर्नुपर्छ भन्ने भावना बोकेका स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साक्व लाँः दाफा भजन खलः, शिवरात्री गुठीका पदाधिकारी एवं मानन्धर समुदायले उहाँको योगदानको स्मरण गरेको खलःका रामकृष्ण प्रजापतिले जनाएको छ ।