आदर्शचोक, डाँगाचा, सिपाडोल मूल चारदोबाटो कायम गर्न माग गर्दै आज आदर्श चोकमा धर्ना बसेका छन् । स्थानीय वडा, नगरपालिका र प्रमुख जिल्ला अधिकारी एवं आयोजनाको कार्यालयसम्म पनि ज्ञापन पत्र बुझाई सकेर आयोजक समितिले आज स्थानीयको भेला गरी सो ऐतिहासिक चौबाटो खुलै राख्नुपर्नेमा जोड दिएका हुन ।
भनपा ४का पूर्व वडाध्यक्ष कुमार चवालको अध्यक्षतामा गठित आदर्शचोक, डाँगाचा, सिपाडोल मूल चारदोवाटो कायम गर्न माग समिति गठन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँन आज चार दोबाटोमा जनसञ्चार टेलिभिजनसँग कुरा गर्दै स्थानीय समुदायले मर्दा पर्दा, सांस्कृतिक जात्रा पर्व चलाउदा, विद्यालय पढ्न जान तथा अस्पतालसम्म उपचारकालागि जानसम्मपनि सूर्यविनायक वा जगाति चोक सम्म घुम्नुपर्ने गरी आदर्श चोकको चौबाटो बन्द गर्न लागेको भन्दै उहाँहरुले त्यसको विरुद्धमा सडकमा उत्रन बाध्य पारेकोमा आपति जनाएका हुन ।


जगाती देखि धुलिखेलसम्म ७५ मिटरको अरनिको राजमार्ग फराकिलो बनाउनेक्रममा आदर्श चोकलाई नामेत पारी सर्वसाधारणको जनजीवन र साँस्कृतिक तथा व्यवसायिकतामा समेत आँच पुर्याउन खोजेको भन्दै आयोजनाले अतेर गरी सडक विस्तार कार्य गर्दै गए सडक ठप्प पार्ने कार्यक्रम समेत तर्जुमा गरेको समितिले जनाएको छ ।


समितिले जारी गरेको मात्र माग पत्र…….
आदर्शचोक, डाँगाचा, सिपाडोल मूल चारदोबाटो कायम गर्न माग समिति आदर्श चोक डांगाचा र सिपाडोल मूलबाटोमा चारदोबाटो कायम हुनु पर्ने विषेश कारणहरूः अरनिको राजमार्ग मतपुरको आदर्शोक डांगावा सिपाडोल जाने मूल बाटो र मक्तपुर बार जाने मूल चारदोबाटो परम्परादेखि बल्दै आएको हुनाले देहायका कारणले यो चारदोबाटो साबिक बमोजिम कायम गर्न अनिवार्य भएकोले स्थानीय बासिन्दाहरुको तर्फबाट विशेष अनुरोध गर्दछौ ।
१. दिनहुँ सिपाडोल क्षेत्र र भक्तपुर नगरक्षेत्रका विद्यालयमा अध्ययनको लागि आवत जावत गर्ने स–साना विद्याथी भाई बहिनीहरु कृषकहरू र अन्य आतेजाते गर्ने आगन्तुक यात्रीहरुलाई समस्या भएकोले।
२. भक्तपुर क्षेत्रबाट सिपाडोल क्षेत्रमा सेती तथा अन्य विभिन्न प्रयोजनको लागि आवत जावत गर्ने स्थानीय बासिन्दाहरुलाई समस्या भएकोले।
३. स्थानीय पर्व, रीतिरिवाज, विश्व प्रख्यात विस्काः जात्रा आदी प्रयोजनको लागि प्रयोग हुने मुख्य चारदोबाटो भएकोले आवश्यक ।
४. आकस्मिक रुपमा अस्पतालको एमर्जेन्सी सेवाको लागि आउने जाने विरामीहरुले अनावश्यक समस्या भोग्न नपरोस् भन्नको लागि आवश्यक ।
५. सिपाडोलको मूल बाटो र. कारो जिल्लाको तल्लो पुलचोकी–याले पनौती वेबर, बैरी खेल प्रौखेल डोलेश्वर मुलबाटो, चुनदेवी क्खु, लाकिला खापी बाइटी, डांगाचा आदिका बासिन्दा। बाट भक्तपुरको मूल दिप र हनुमन्ते घाटमा मुर्दा लाने मलामी बाटो परम्परा देखि भइ आएकोले यो चौवाटो साजिक बमोजिम कायम हुनुपर्ने ।
६.विशेष अवसरमा भक्तपुरबाट परम्परादेखि चलि आएको डोलेश्वर लगायतको धार्मिक क्षेत्र प्रवेश गर्ने प्रमुख मार्ग भएकोले भक्तजनहरूको लागि समस्या नपार्नको लागि आवश्यक ।
७.सिपाडोलका किसानहरुले आ आफ्नो खेतीपाटीवाट उत्पादित तरकारी लगायत आवश्यक कच्चा सामानहरु ओसार पसार गर्ने मुख्य चौबाटो भएको कारणले आवश्यक ।
८. भक्तपुर नगरवाट सु.न.पा वडा नं ८ को वडा कार्यालय सिपाडोल जाने मुख्य बाटो भएको हुनाले यो चौबाटो साविक बमोजिम आवश्यक
९.स्थानीय बासिन्दाहरुलाई असहज हुने भएकोले हाल कायम बमोजिम नै चारदोबाटो अति आवश्यक भएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौ ।
अनुरोधक
आदर्शचोक, डाँगाचा, सिपाडोल मूल चारदोवाटो कायम गर्न माग समिति













