भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिक चन्देश्वरीमा

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिक चन्देश्वरीमा
भक्तपुर, १९ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनका ज्येष्ठ आमाबुबाहरुलाई शनिवार बनेपाको चन्देश्वरीमा भ्रमण लगेको छ ।
भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरुलाई नाला गुम्बा र चन्देश्वरीका विविध धार्मिक एवं भौगोलिक अवलोकन गराएको आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बताउनुभयो । भ्रमण टोलीमा जम्मा २३ जना ज्येष्ठ नागरिकहरुको सहभागीता रहेको उहाँले बताउनुभयो । विभिन्न समयमा विभिन्न क्षेत्रमा भ्रमण गर्ने क्रममा उक्त क्षेत्रको अवलोकन भ्रमण भएको उहाँको भनाइ छ ।