विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ हुने

विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ हुने
भक्तपुर, आश्विन १० गते
विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमीमा हेरिटेज वर्क २०२३ आयोजना हुने भएको छ । “मुटुको प्रयोग गर्नुहोस, मुटुको बारेमा थाहा पाउनुहोस” नाराका साथ असोज १३ गते शनिबार मध्यपुर थिमीका सम्पदाहरुको पैदल यात्रा गर्ने भएको हो । नगर भित्र अवस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले सम्पदा पद यात्रा गर्ने तयारी भएको कार्यक्रम प्रकाशन तथा प्रचार प्रसार उपसमितिका संयोजक तीर्थराज भट्टद्वारा जरी विज्ञप्तिमा भनिएको छ ।


पदयात्रा बारे जानकारी दिन आज चाणक्य कलेज मध्यपुरमा आयोजित पत्रकार सम्मेलनमा डिस्टिक्ट गभर लियो शम्भु थापाले नेपालमा लायन्स क्लवहरु बारे जानकारी दिनु भयो र भन्नु भयो देशका १५ जिल्लामा ४८ हजार लायन्सका सदस्यहरु छन् । उहाँहरु रक्तदान जस्तो पवित्र कार्यमा क्रियाशिल छन् । साथै उहाँहरुले दिने रकम भन्दा दोबर सामाजिक क्षेत्रमा खर्च भित्रिरहेको छ । समाजमा मुटु रोगी बढेको छ । हट्एट्याकले मानिसहरु मरिरहेका छन् त्यसैले मुटु रोग बारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुर थिमीको सम्पदा उजागर गर्न सम्पदा पदयात्रा आयोजना गरेको हो ।
सम्पदा पदयात्रा शनिबार विहान ७ बजेबाट ११ बजेसम्ममा हुने भन्दै आयोजक समितिका उद्धव सिलवालले शंखधर चोक, बालकुमारी मन्दिर, दुई पोखरी, भुलांखेल, पाटी विहार, सिद्धिकाली मन्दिर, शिद्धिगणेश मन्दिर, नगदेश, नगदेश बुद्ध विहार, नीलकंठेश्वर, टिगने, नीलबाराही, बोडे, कमल पोखरी र बोडे कुमारी मन्दिर पुगेर सहभागिहरुलाई सुकुल भ्ये (भोज) खुवाउने कार्यक्रम रहेको बताए । पदयात्रामा सम्पदा बारे अन्तरक्रिया, सम्पदाविदबाट सम्पदाको बारेमा जानकारी, साँस्कृतिक झाँकी र नृत्य तथा नेवारी भोजन मुख्य आकर्षण रहेको उहाँले बताए ।

विश्व मुटु दिवसको नारा “मुटुको प्रयोग गर्नुहोस, मुटुको बारेमा थाहा पाउनुहोस” नारालाई चरितार्थ गर्न र आम सर्वसाधारणमा यस सम्बन्धमा जनचेतना जगाउने उद्देश्यका साथ यो पदयात्रा आयोजना हुने आयोजकहरुले बताए । यो सँगै स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने, सम्पदा अवलोकन गर्ने र यी सम्पदाहरुको संरक्षण एवं प्रवर्धनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय जनचेतना फैलाउने, मध्यपुर नगर क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक तथा सांस्कृतिक जात्रा एवं पर्वहरुको जानकारी दिने र पदयात्राका सहभागिहरुमा आपसी भाइचार अभिवृद्धि गर्ने आयोजकहरुको उद्देश्य रहेको छ ।
पदयात्रामा स्थानीय जनप्रतिनिधी र समुदाय, क्लव संघसंस्था, विद्यालयहरुको सहभागिता रहने आयोजकहरुको भनाई छ ।
सम्पदा पदयात्रामा लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल, लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वर र पदयात्रा मुल आयोजक समिति लायन्स इन्टरनेशनल एमसी ३२५ चिफ चार्टर प्रिसिडेण्ट या लिओ क्लब अफ भक्तपुर मेरिगोल लाइवन उद्धव सिलवाल एमजेएफको संयोजकत्वमा पाँचवटै क्लबका अध्यक्षहरु, च्यापटर अध्यक्षहरु, निवर्तमान र पूर्व अध्यक्षहरु, उपाध्यक्षहरु, सचिब र कोषाध्यक्षहरुको संलग्नता रहेको छ ।