भनपा ९मा कर्मचारी भेला

भनपा ९मा कर्मचारी भेला
भक्तपुर, २५ भाद्र । नेपाल कर्मचारी समाज भनपा ९ समितिको आयोजनामा समसामयिक राजनीति बारे कर्मचारी भेला नेमकिपाका केन्द्रीय सचिव एवम् सभासद् प्रेम सुवालको प्रमुख आतिथ्यतामा सोमबार सल्लागणेशमा सम्पन्न भयो ।
प्रमुख अतिथि प्रेम सुवालले कर्मचारीहरु नागरिकको सेवा गर्ने चेतना भएको समाज प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु नियमित मासिक तलब भएको हुनाले मद्यपान, धुम्रपान, बिमा, शेयर बजार लगायत कुलतमा फसाउने जसले गर्दा क्यान्सर रोगदेखि शेयर माफियाहरुले शेयर बजारले घरखेत बेचेर सडकमा आएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले कर्मचारीहरु बोली व्यवहार र लवाई खवाई राम्रो र असल हुने गरी साँस्कृतिक स्तर उठाउन पर्ने जसले जनतालाई सम्झाउन सक्ने अथवा बैगुनीलाई गुणले तिर्न सक्ने व्यक्तित्व भएको हुनुपर्छ । उहाँले व्यवहार राम्रो भए घर अफिसमा तनाव कम भई झै झगडा नहुने र समाजमा उदाहरणीय र नमुना व्यक्ति हुने बताउनुभयो । उहाँले धेरै खाएर मोटोपनबाट रोगहरु निम्तिने बताउँदै भारतबाट आउने खाद्य पदार्थ मिसावटसंगै मृगौला र क्यान्सर रोगबाट ग्रसित भई मृत्यु बरण गर्नु पर्ने अवस्था बैदेशीक रोजगारमा गएकाहरुमा आएको बताउनुभयो ।

उहाँले फास्ट ट्रयाक आर्थिक रुपमा नाफा र रणनीतिक रुपमा देश कब्जा गर्न भारतले बनाएको बताउनुभयो । उहाँले सबै मानिस काठमाण्डौं उपत्यकामा ओर्लिँदा प्रदुषण लगायत खानेपानी र खाद्यान्न अभाव, सरसफाइमा समस्या भई विभिन्न रोगहरु निम्तिने समेत बताउनुभयो । उहाँले चिनियाँ राजदुतले नेपालको विकास र नेपालको विधुत सस्तोमा भारत लाने र महंगोमा खरिद गर्नु पर्ने भनाई प्रति नेपालको हितमा बोलेको बताउँदै बरु भारतले देशको सीमान मिच्ने, महाभुकम्पमा नाकाबन्दी गरेको, कोरोनाको समयमा कालापानीमा मानसरोबर जाने बाटो नेपालको स्विकृति विना नेपाली भुभागमा बनाएको प्रति बोल्न नसक्नेहरुले अहिले चिनियाँ राजदुतको भनाईलाई विरोध गरिरहेको बताउनुभयो । उहाँले एमसिसिबाट सेना आए चारपाटा मोडेर मुग्लान कटाउनु भन्नेहरु अहिले अमेरिकी सेना आउँदा चुइक बोलेन भन्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा रुस विरुद्ध अमेरिकाको पक्षमा युक्रेनलाई मत दिनु असंलग्न सिद्धान्त विरुद्ध संलग्न पक्षधरले नेपाल अर्को युक्रेन हुनसक्ने बताउनुभयो । उहाँले दलाई लामा अमेरिकी साम्राज्यवाद भएको बताउँदै चीन विरुद्ध उपद्रोह गराउन अमेरिकी पैसाले भारतमा आश्रय दिई रहेको बताउनभयो । उहाँले ललिता निवास काण्डा प्रहरिले संगठित अपराध भनिरहँदा सरकारी वकिलको कार्यालयले प्रधानमन्त्रीको निर्देशनमा महान्यायधिबक्ताको आदेशमा कृर्तेमा मुद्दा चलाउँदा कमजोर भई अपराधी छुटाउने प्रपच्च रचेको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले पार्टीको नीति अनुसार पेशागत संगठन भएको बताउँदै कर्मचारीहरु बीच पार्टीको सिद्धान्त, बिचार र उदेश्य पुर्‍याउन हो भन्नुभयो । कर्मचारी समाज टे«ड युनियनवादी नभई समाजवादी क्रान्तिको लागि संघर्ष गर्ने कर्मचारी रहेको उहाँले बताउनुभयो । उहाँले अमेरिकी प्रजातन्त्र भनेको नाफाको निम्ति युद्धा थोपारेर हतियार व्यापार गर्ने हो भन्नुभयो । उहाँले ख्वप विश्वविद्यालय स्विकृति नदिनुको अर्थ भागबन्दा गर्न नपाउने भएकोले भने एकजना भक्तपुरका सभासद थापाले बोलेकोबाट प्रष्ट भएको बताउनुभयो । उहाँले शिक्षा स्वास्थ्यको लागि कलेज र अस्पताल स्थापना गरेको बताउनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ वडा समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा राम छुस्याकी, विकास प्रजापति र हरिकृष्ण दुवालले पनि बोल्नु भएको थियो ।