कमलविनायकमा बृहत्त स्वास्थ्य शिवर, निःशुल्क औषधी वितरण

कमलविनायकमा बृहत्त स्वास्थ्य शिवर, निःशुल्क औषधी वितरण
भक्तपुर, श्रावण ६ गते
कमलविनायक पोलिक्लिनिक शुभारम्भको अवसरमा आज कमलविनायक लान्चा फल्चामा निःशुल्क बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । सो शिविरमा २ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । निःशुल्क औषधी समेत गरेको सो शिविरमा सुगर पेसर जाँचका साथै हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ, जनलर मेडिसिन, बालरोग विशेषज्ञ, जनरल सर्जरी, स्त्री रोग विशेषज्ञ, फिजियोथेरापी र स्वास्थ्य परामर्श सेवा दिएको थियो । शिविरमा सहभागि विरामीहरुको लागि प्रयोगशालामा ४० प्रतिशत र रेडियोलोजी सेवा (भिडियो एक्स रे)मा ५० प्रतिशत छुट प्रदान गरेको थियो ।