प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृर्गौला प्रत्यारोपण

प्रेश बक्तब्य
प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृर्गौला प्रत्यारोपण
मिति २०८० असार २९ गते
देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मृगौला प्रत्यारोपण भएको छ । मर्गौला प्रत्यारोपण गर्नाका लागि २०७८ चैत्र १० गते सम्झौता भएको थियो । सोही मोजिम प्रदेश अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा शुरु गरिएको थियो ।
कानूनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरे पश्चात मिति २०८० असार २८ गते दोस्रो पटक रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं २ निवासी ५५ वर्षिय आमाले ३७ बर्षिय छोरा लाई मृगौला दान गर्नु भएको थियो । हाल अंगदाता र अंग ग्रहणकर्ता दुबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

प्रत्यारोपणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मा। मन्त्री श्री मोहन बहादुर बस्नेतज्यूको अभिभावकत्व तथा श्रीमान सचिव द्वय देव कुमारी गुरागाई र डा रोशन पोखरेलज्यूको नेतृत्वमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा। डम्बर खड्काको टिम द्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो ।

मृगौला प्रत्यारोपण कार्यमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरु, ओटी इन्चार्ज तथा ओ।टी। र आई।सि।यु। मा कार्यरत नर्सिङ्ग कर्मचारीहरु साथै प्रयोगशालाकर्मी लगायतका कर्मचारीहरु सम्लग्न रहनु भएको थियो भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्राविधिक सहयोगमा सो कार्य सफलता पूर्वक सम्पन्न भएको थियो । आगामी दिनहरुमा प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको प्रदेश अस्तपताल सुर्खेतका निर्देशक डा खड्काले बताउनु भयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्ष अवधिमा झण्डै ११०० सय जनाको मृर्गौला प्रत्यारोपण देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ केद्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
अन्तमा मृगौला प्रत्यारोपण सेवा संचालन गर्न माग निर्देशन तथा हौसला प्रदान गर्नु हुने प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहीध धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रति प्रदेश अस्पताल सुर्खेतले आभार व्यक्त गरेको छ ।