एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्र

एन्फा भक्तपुरको जिखेसलाई ग्यापन पत्र
भक्तपुर, २५ जेठ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुद्धारा हस्ताक्षरित ज्ञापनपत्र उपाध्यक्षद्धय् सुनिल प्रजापति, रामकृष्ण प्रजापति सदस्य रघु प्रजापति लगायतले भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापालाई एक समारोहबीच बिहिबार कार्यकक्षमा बुझायो ।
ज्ञापनपत्र बुझ्दै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले सबै मिलेर फुटबलको विकास गर्नुपर्ने र जिल्ला संघ अधिकारीकताको लागि एन्फामा सात दिनको पत्राचार गरेको त्यसको जवाफ नआए जिल्ला खेलकुद विकास समितिले तदर्थ समिति बनाउन पहल गर्ने बताउनुभयो । उहा“ले मेरो मान्छे कोहि राख्नुपर्दैन तर फुटबल विकासमा लाग्नेहरु मिलेर टिम दर्ता गराएर छ महिना भित्र तदर्थ समितिले चुनाव गरेर आधिकारीक जिल्ला संघ गठन गर्ने मनशाय रहेको बताउनुभयो ।
ज्ञापन पत्र बुझाउ“दै उपाध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर जिल्ला फुटबल संघ कसको हो भने आधिकारीकताको लागि सम्माननीय सर्बोच्च अदालतमा मुद्दा भई पेशी समेत चढेको अवस्थामा दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको लागि फुटबल खेलाडी छनौटमा अनधिकृत व्यक्तिलाई आधिकारीकता मानि एन्फाका महासचिवद्धारा हस्ताक्षरित पत्र बोकी अन्यलाई खेलाडी छनोट नगराउन जिल्ला खेलकुद विकास समितिलाई दबाब, हेपाहा प्रवृतिको पत्र ठाडो आदेश भएकोले बताउनुभयो । उहा“ले सम्माननीय सर्बोच्च अदालतमा मुद्दा भएको विषयमा किशोर हेक्का, रुपेश धौबञ्जार र अनिल हेक्कालाई एन्फाले भक्तपुर जिल्ला फुटबल संघको आधिकारिकता दिई पत्र पठाउन अदालतको अपहेलना र मानहानी भएको बताउनुभयो । उहा“ले ज्ञापन पत्रको बोधार्थ अखिल नेपाल फुटबल संघ (एन्फा)मा समेत दिएको बताउनुभयो ।
ज्ञापन पत्रको सार यसै साथ छ ।

श्रीमान अध्यक्षज्यू,
भक्तपुर जिल्ला खेलकुद विकास समिति, भक्तपुर

बिषय ः भक्तपुर जिल्ला फुटबल संघको आधिकारीकता सम्बन्धमा ज्ञापन पत्र ।

महोदय,

भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्माननीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको यहा“लाई जानकारी गराउ“दछौं ।
दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको फुटबल खेलाडी छनौट गर्न अखिल नेपाल फुटबल संघको मिति २०७९ चैत १७ गते च.नं. ९९०÷०७९÷०८० महासचिव किरण राईद्धारा हस्ताक्षर पत्र अनधिकृत व्यक्तिले बोकेर भक्तपुर जिल्ला खेलकुद विकास समितिमा भक्तपुर जिल्ला फुटबल संघसंग समन्वय तथा सहकार्य विना अन्य निकाय वा व्यक्तिसंग छनोट कार्यक्रम संचालन नगरिदिनु हुन र आवश्यक छलफल पश्चात मात्रै उक्त कार्यक्रमको आयोजनामा एन्फाले सहजीकरण गर्ने जानकारी समेत गराउ“दछु भनि पत्राचार भएको भक्तपुर जिल्ला खेलकुद विकास समितिले फुटबल विवाद रहेको हु“दा कानुन सम्मत आधिकारीक भक्तपुर जिल्ला फुटबल संघको विषयमा लिखित रुपमा जानकारी गराउन सात(७) दिन भित्र जानकारी माग गरी अखिल नेपाल फुटबल संघलाई लेखेको पत्रले गौतम सुजखुको अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघका हामीहरु आश्चर्य चकित भएका छौं । साथै बागमति प्रदेश गठनको लागि सामाजिक सञ्जालमा बागमति प्रदेश फुटबल संघ गठनमा भक्तपुरका प्रतिनिधि समेत पठाएको अखिल नेपाल फुटबल संघको पत्र समेत फेसबुकमा देखिएकोले त्यसको घोर आपत्ति प्रकट गर्दे खेद व्यक्त गर्दछु ।
भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्माननीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघलाई बागमती प्रदेश गठनको लागि कुनै जानकारी नदिई र भक्तपुर जिल्ला खेलकुद विकास समिति र बागमती प्रदेश खेलकुद समितिसंग स्विकृति नलिई जथाभावी अर्कै व्यक्तिलाई भक्तपुर जिल्ला फुटबल संघको प्रतिनिधिको रुपमा बागमति प्रदेश गठनमा नाम पठाउने दुस्साहसले सम्माानीय सर्बोच्च अदालतमा मुद्दा पैरबी भई पेशी समेत तोकि सकेको अवस्थामा अदालतको समेत अपहेलना हुने प्रदेश गठन र भक्तपुर जिल्ला फुटबल संघको आधिकारीता स्पष्ट नभएसम्म प्रदेश गठन समेत रोकि पाउ“ भनि हामी फुटबल विकास प्रेमी, खेलाडी र संघका साथीहरुको तर्फबाट यो ज्ञापन पत्र पेश गर्न आएका छौं ।
भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नया“ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो । तर साधारण सभामा एन्फाको अनियमितता र विकृति बारे कुरा उठाएको भरमा कार्यवाही गरी एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णय अनुसार अहिले छ महिना नाघि सकेकोले गठित तदर्थ समिति स्वतः बदर हुने समेत देखिन्छ । १९ औं साधारण सभा यहि २०७७ माघ ६ गते भएको साधारण सभामा सहभागी हुन गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघले सहभागीको लागि २०७७ पुस २८ गते एन्फामा पत्राचार समेत गरेका थियौं । तर दुवै समितिलाई सहभागी नगराउने भनि तदर्थ समितिका सहभागीहरुलाई फिर्ता पठाएको थियो । उक्त साधारण सभाले समेत तदर्थ समितिलाई अनुमोदन समेत गरेन बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको जानकारी गराउ“दछौं ।
बोधार्थः अखिल नेपाल फुटबल संघ(ब्ल्ँब्), सातदोवाटो, ललितपुर