मथिनपाको २७ औं स्थापना दिवसको सुभराम्भ हाम्रो मध्यपुर सफाई अभियान

मथिनपाको २७ औं स्थापना दिवसको सुभराम्भ हाम्रो मध्यपुर सफाई अभियान
मध्यपुर थिमी, चैत्र १४ गते
२०५३ साल चैत्र १४ गते स्थापना भएको मध्यपुर थिमी नगरपालिकाले विभिन्न कार्यक्रमहरुका साथ २७ औं स्थापना दिवस मनाएको छ । वर्षामा हिलो र सुखायाममा धुलोमै मध्यपुर थिमीको सभ्यता अर्थात जात्रा पर्व चल्दै आएको स्मरण गर्दै नगरवासीहरुले तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकंथली गरी ५ वटा गाउँ विकास समितिलाई गाभेर नगरपालिकाको रुपमा रुपान्तरण गरेपछि विकासक्रम बढेको स्मरण गरेका छन्् । त्यसबेला ढल थिएन, घरघरमा सौचालय थिएन, बाटो हिलो मैलो थियो यद्यपी पूर्खाले बनाएका सम्पदा र पर्वहरु निर्वादरुपमा चलि रहेको थियो । सांस्कृतिक नगरीकै रुपमा थियो ।यद्यपी धेरै परिर्वतन आयो । यो परिर्वतनलाई संस्थागत गर्न जनताको शिक्षा, स्वास्थ्य, सांस्कृतिक, स्तर उकास्नुपर्ने छ मथिनपा ८का वडाध्यक्ष रमेशथापाश्रेष्ठ बताउँछन् । नगरवासीको जन्मदेखि मुत्युसम्मका सबै सेवा नगरपालिकाले नै ब्यवस्था गर्ने स्वायत स्थानीय तह भएपछि मात्रै जनतामा स्थानीय तहको अनुभूति हुने उहाँको विश्वास छ । जनमासनमा ठूलठूला घर सम्रचना र बाटो बनेपछि मात्रै विकास भएको भानपरेको भन्दै उहाँले जनता पनि अझ सचेत हुनुपर्ने विश्लेषण गरेका थिए् ।

मध्यपुर थिमी नगरपालिकाको २७ स्थापना दिवसका क्रममा नगरपालिकाले मंगलबार अरनिको राजर्मागबाट सरसफाई गर्दै हाम्रो मध्यपुर नगर सफाई अभियान थालेको थियो । प्रभात फेरी, रक्तदान, विक्षारोपण सहित विभिन्न कार्यक्रमका साथ नगरपालिका र जनप्रतिनिधीहरुको दायित्वलाई तिर्खार्दै मनाएको स्थापना दिवस भने भक्तपुर क्षेत्र नम्वर २का सांसद दुर्लभ थापाले केक काटेर उद्घाटन गरेका थिए । सांसद थापाले जेष्ठ नागरिक, निवृत्त कर्मचारी तथा सांस्कृतिकर्मीहरुलाई सम्मानित गर्दै जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सरसफाईमा जनप्रतिनिधीहरुले जोड दिनुपर्ने बताएका थिए । भने प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले मध्यपुरको विकासकालागि आफूले पनि विभिन्न क्षेत्रबाट योगदान दिन तर्पर रहेको बताए भने एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले विकास निर्माणमा सबै एकजुट हुनुपर्ने भन्दै एमालेले यसमा भागबन्दा नखोजेको बताए । मथिनपाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता मदनकृष्ण श्रेष्ठले मथिनपा स्थापनाको २७ वर्षमा जनप्रतिनिधीहरुले जम्मा ६ वर्ष काम गर्न पाएको उल्लेख गर्दै महत्वपूर्ण काम यी नै ६ वर्षमा हुन सकेको बताए । नेकपा माओवादीका दिलिप प्रजापतिले लोकतान्त्रिक मूल्यमान्यता अनुसार स्थानीय तहले काम गर्न क्रमिकरुपमा सहज हुँदै आएको उल्लेख गरे भने नेमकिपाका रमेश बैद्यले गुणचक्रका आधारमा राम्रो अभ्यासलाई अनुसरण गर्दै जनताको सेवा गर्न जनप्रतिनिधीले अभिभावकको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिए । राप्रपा सहित विभिन्न दलहरुका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिझालले जनताको असन्तुस्तिहरुको सम्बोधन गर्न संघिएताका प्रा

दुभाव भएको भन्दै जनताको नजिकको सरकार स्थानीय तहले जनभावना अनुसार काम गर्नुपर्नेमा जोड दिए भने चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले छिमेकी नगरपालिसँग मिलेर मात्रै नगरको विकास निर्माण राम्रो हुने बताए । जिसस भक्तपुरका उपप्रमुख सुजाता बैद्यले यस वर्षको नगरपालिका स्थापना दिवस अहिलेसम्मकै उत्कृष्ठ रहेको बताए ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपप्रमुख विजय श्रेष्ठले मुलुकको लोकतान्त्रिक आन्दोलनमा मध्यपुरको पनि योगदान भएको चर्चा गरे भने मथिनपा ८का वडाध्यक्ष रमेश थापा श्रेष्ठले नगरपालिका नीतिसंगतरुपमै सञ्चालन हुुनुपर्नेमा जोड दिदै त्यसको लागि मध्यपुर थिमी नगरपालिकाले विभिन्न नीति निर्माण गर्न थालेको बताउँदै स्थापना दिवस मनाउन सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गरे । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरेको थियो । सो अवसरमा नगर प्रमुख श्रेष्ठले कोइकाको सहयोगमा २ सय शैय्याको अस्पताल निर्माण गर्ने सहित मध्यपुर थिमीको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवर्धन सहितका  योजनाहरु बारे जानकारी गराएका थिए ।