भक्तपुरलाई न्याय देउ! भोटको राजनीति कहिलेसम्म !कमलविनायक नगरकोट सडक

भक्तपुरलाई न्याय देउ! कमलविनायक नगरकोट सडक
ठेक्का सम्झौता भएको ९ वर्षमा पनि कमलविनायक नगरकोट सडक निर्माण पूरा नभएपछि यो विषय फेरी आसन्न निर्वाचनको महत्वपूर्ण एजेण्डा बनाउन थालिएको छ । बिगत ९ वर्ष देखि कहिलो धुलो, कहिलो हिलोमा हिड्नु पर्दा र करोडौ लगानी गरेर पर्यटन ब्यवसाय धुक्क भएर सञ्चालन गर्न नपाउँदाको पीडा भन्दा निर्वाचन जित्ने मसलाको रुपमा मात्रै यस एजेण्डालाई तताएको स्थानीयको गुनासो छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्वर १(१) भित्र पर्ने कमलविनायक नगरकोट सडक खण्डका ठेक्केदार शारदा प्रसाद अधिकारी नेकपा माओवादीका घरबेटी भन्दै राजनैतिक रंग दिन थालेको पनि ९ वर्ष बित्यो । धर्ना दियो, बाटो बन्द गर्यो, वडा कार्यालय नै सडकमा राखियो अहिले फेरी सडकमै माटो ठूपारेर बाटो नै अवरुद्ध पारे यद्यपी प्रतिबधता नआएको भन्दै कमलविनायकस्थित लांचा फल्चा अगाडी आज धर्ना दिए ।
धर्नामा सहभागि मानिसहरुको अनुहार हेर्दा, सर्वसाधारण र व्यवसायी भन्दा विभिन्न पार्टी र निर्वाचनका उम्मेदबार एवं तिनका समर्थकहरु उभिएको देखियो । विशेष गरी पटक पटक सत्तामा पुगेका दलका नेता र उम्मेदबारहरु उभिएका थिए । एमालेको दुई तिहाईको सरकारको बेला पनि यसै गरी पीडितहरु सडकमा आएका थिए । त्यसबेला पनि सडक बन्ला बन्ला जस्तो मात्रै भयो तर बनेनन् । मध्याबधि निर्वाचनमा पनि यसै विषयले चर्चा पायो । आस्वासन दिएर कांग्रेसबाट जितेकाले पनि बनाउन सकेनन् । अहिले गठबन्दनको सरकार छ । यसैका जनप्रतिनिधीहरु पनि बाटो बनाउने नाममा सडकमा छन् ।
यसको सार कुरा केन्द्र सरकार र स्थानीय सरकार बीच उहिले देखि अहिलेसम्म जवाफदेहीता बिहिनताको अवस्थामा रहेको प्रस्त हुन्छ । यद्यपी यसै विषयलाई निर्वाचनको एजेण्डा बनाउनु फेरी पनि जनता धात्ने कदम मात्र भएको देखिन्छ । समस्याको मुल कुरा ठेक्केदारले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसकेपछि ठेक्का रड गर्ने र फेरी ठेक्का आह्वान गरी योग्य ठेक्केदारलाई ठेक्का दिएर बाटो निर्माण कार्य ठाल्ने प्रकृया नथालि पूरानै ठेकेदारलाई पटक पटक म्याद थम्याउने प्रतिबधताहरु जनाउन लगाउने र यसैलाई सफलताको कथा बनाउने दुधको साक्षी विरोलो जस्तो कार्यान्वयनमा चुक्नेहरु फेरी सडकमा आउनुले पीडित जनतामाथि भोटको राजनीति मात्र गर्दै आएको देखिन्छ ।

यस क्षेत्रका सांसद प्रेम सुवालले पटक पटक सडक देखि सदनसम्म बोले सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराए । प्रचण्डका घरपेटी ठेकेदारले ठेक्कामा पारेको सडक अलपत्र पार्यो । नसक्ने भए ठेक्का छोड्न र फेरी बोलपत्र गरी योग्य ठेकेदारलाई ठेक्का दिएर भए पनि छिटो निर्माण गनुपर्नेमा जोड दियो । त्यति मात्र होइन कबोल गरे अनुसार नगर्ने ठेक्केदारहरुलाई कालोसूचीमा राख्नुपर्नेमा जोड दिए । जनताको मतले जितेर आएका सासद सुवालको कुरा न भावि प्रधानमन्त्री भनि चर्चा पाएका प्रचण्डले नै सुने नत एमालेको दुईतिहाई र अहिलेको गठबन्दनको सरकारले सुने । प्रचण्डले भन्ने विचरा प्रेम सुवाल……. यो जनमत माथिको खेलवाल मात्र होइन सरकारको जिम्मेवारिता र जवाफदेहीताको हदैसम्मको लापरवाहीको उदाहरण बनेको छ कमलविनायक नगरकोट सडक । आज फेरी ठेकेदारलाई बोलाएर कबोल गराउने र दल र उम्मेदवारहरुले सफलताको कथा बुन्ने दाउ रचेको देखिन्छ । यद्यपी यसको भित्रि कुरा बाहिरिएको छैन् । रानैतिक रुपमा हेर्दा तत्कालिन  ओलीसरकार धाल्न माओवादीलाई आक्रामक रुपमा यो सडकको इस्यू उठ्यो । माओवादी अहिले पनि सरकारमा छ, अहिले पनि यसै गरी उठि रहेको छ, अहिले सत्तासिन दल कांग्रेसले जितेका उम्मेदबारहरु पनि सडकमा छन्  तर पनि  अझै निर्वाचन अघि सडक बन्ने अवस्था देखिदैन । तर आश्चर्यको कुरा सो सडक बारे सत्ता पक्ष र विपक्ष मात्र होइन स्वतन्त्र उम्मेदवारहरु पनि पीडित जनताको साथ दिन एउटै ठाउँमा उभिन्दै आए, अहिले पनि उभिएका छन्  र भक्तपुरलाई न्याय दिन नारा जुलुस गर्दै छन्। सत्तापक्ष र प्रतिपक्ष समेत सडकमा अब न्याय माग्ने कस्कोमा भोटको राजनीति कहिलेसम्म ? जनताले प्रश्न गर्न थालेका छन् ।