बेताल भैरव निर्माण: बच्चा खि ८५ वर्षका जेष्ठ  र पर्यटकले पनि गरे श्रमदान

बेताल भैरव निर्माण ः बच्चा खि ८५ वर्षका जेष्ठ  र पर्यटकले पनि गरे श्रमदान
भक्तपुर, असार २० गते
भक्तपुर घुम्न आउने पर्यटकहरुले पनि सम्पदा संरक्षणका लागि श्रमदान गर्न थालेका छन् । विश्व सम्पदा स्थलमा सूचीकृत भक्तपुरको तौमढी तोलस्थित बेताल भैरवको घर ९मन्दिर० निर्माण गर्नेक्रममा भक्तपुर घुम्न आएका पर्यटकहरुले पनि श्रमदान गरेका हुन । २०७२ सालको भूकम्पले भत्किएको सो मन्दिर भैरबनाथको मन्दिर र पाँचतल्ले ९ङाता पोल० मन्दिरको जिर्णोद्धार पछि अर्थात भूकम्प गएको ६ वर्षपछि बन्न थालेको हो ।

२०७६ सालबाटै स्थानीय रामेश्वर मचामसीको अध्यक्षतामा पुर्ननिर्माण उपभोक्ता समिति बनाएर जिर्णोद्धार थालेको भए पनि कोरोना संक्रमणका कारण धिला भएको अध्यक्ष मचामसीको भनाई छ । मन्दिरका डकर्मी र सिकर्मीको काम बाहेक अन्य ज्यामिले गर्ने काममा स्थानीयले स्वतस्फूतमा आवश्यक भन्दा बढी श्रमदान गर्न थालेकोले मन्दिर निर्माणमा सहयोग पुगि रहेको उहाँले बताए । हाल ९५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएपछि छाना छाउने काममा श्रमद्धान गर्नेको संख्या बढेको हो । रोपाईको सिजनमा पनि दैनिक सयौंको संख्यामा श्रमदान गरिरहेका छन् । त्यसैले छाना छाउने काम आजभोली नै सम्पन्न हुने अध्यक्ष मचामसीले बताए । स्थानीय समुदायले आफ्नै सम्पदाको रुपमा अपनत्व ग्रहण गर्दै श्रमदानमा आइरहेको उहाँको भनाई छ । जनताबाट सल्लाह सुझाब र आर्थिक भौतिक एवं श्रमदानबाट सम्पदा बनि रहेको छ । रु।९९ लाख ८० हजार ४४७ रुपियाँ ५६ पैसा भक्तपुर नगरपालिकाको लागत इष्टिमेटमा स्थानीय उपभोक्ता समितिबाट बनि रहेको उहाँले जानकारी दिनु भयो ।


विहान १० बजे देखि श्रमदानमा जुति रहेका आदर्श भक्तपुरकी मनकेशरी सुवालले साथी भाईहरु भेट्ने गरी श्रमदान गर्न पाउँदा निकै खुसी भएको सुनाउँछिन् । ससाना बालबालिका देखि ८५ वर्षका जेष्ठ नागरिकहरुसँगै कहिले मुछिएको माटोको डल्लो र कहिले झिंगति ईटा ओसार्न सहयोग गरिरहका थिए । रोपाई सके पनि रासायनिक मल्ल नपाएर चिन्तामा रहेका यी कृषकहरु पुर्खाले सृजेको सम्पदा संरक्षण गर्न श्रमदान गर्न पाउँदा निकै हर्षित भएको सुनाए । पाँच तल्ले मन्दिर निर्माणमा समेत श्रमदान गरेका यी श्रमदाताहरु भैरवनाथको मन्दिर बनाउनेक्रममा खवरै नभएकाले श्रमदान गर्न नपाएकोमा दुःख व्यक्त गर्छन् । उग्र स्वभावका बेत द्य ९ बेताल भैरव०ले शान्ति सुरक्षा दिने र मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिर जिर्णोद्धारमा सहयोग गर्दै आएको श्रमदाताहरुको भनाई छ । मन्दिर निर्माण कार्य पूरा नभएसम्म आवश्यक र सक्ने सहयोग गर्न आफूहरु तयार रहेको भन्दै आज हामीले श्रमदान गरिरहँदा घुम्न आएका पर्यटकहरुले पनि माटो र ईटा उठाएर सहयोग गर्न आएको देख्दा आफूहरु पनि उत्साहित भएको बताए । सधै मन्दिरको पुजा पाठमै व्यष्ट रहेकी ८५ वर्षकी मन्दिरकी नकींले पनि आज मुछिएको माटोलाई डल्लो डल्लो बनाएर श्रमदाताहरुसँग श्रमदान गर्न पाएकोमा निकै हर्षित भएको सुनाईन ।
भजन गुठीबाट सधै श्रमदानका लागि आउने गरेको कुरा सुनाउँदै कृष्णगोपाल खाईतुले श्रमदानका लागि आउनु भएकालाई भजनबाटै खानपीनको समते व्यवस्था गरेको बताए । जेष्ठ नागरिक लालबहादुरले १९९० सालको महाभूकम्पले भैरवनाथ छतिंमरु ङातापोल छता मरु ९भैरब नाथको मन्दिर सबै ढल्यो पाँच तल्ले मन्दिर एक तल्ला मात्र भत्कियो ।० भनेर आफ्ना अग्रजहरुबाट सुनेको कुरा बताउँदै पहिला जस्तो छ त्यस्तै अहिले बेताल मन्दिर बनि रहेको बताए ।