पर्खाल भत्कँदा वृद्धाको मृत्यु

पर्खाल भत्कँदा वृद्धाको मृत्यु
भक्तपुर, असार १५ गते
वर्षाका कारण पर्खाल भत्किदा किचेर एक जना वृद्धाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्वर १० स्थित चित्तपोल लाकुलीमा रहेको कान्छा श्रेष्ठको घर आँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाका कारण भत्केको बेला पर्खालमुनि हिडिरहकी सोहि स्थान बस्ने वर्ष ६६ की नारायण देवि थापाको मृत्यु भएको हो । घटनास्थलमै थापाको मृत्यु भएको उल्लेख गर्दै प्रहरी नायब उपरीषक एवं सूचना अधिकारी राजु पाण्डेले सो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।