सुधारिएको चुलोबाट गरियो दिवंगत शोभा मिसको अन्त्यष्टी

सुधारिएको चुलोबाट गरियो दिवंगत शोभा मिसको अन्त्यष्टी
भक्तपुर, असरा १०गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको जीवन संगिनी दिवंगत शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज अन्त्यष्टी गरिएको छ । दुधपाटीस्थित सिद्धपोखरी प्रांगणमा दिवंगत प्रधानप्रति अध्यक्ष विजुक्छे सहित पार्टिका नेता कार्यकर्ता सुभचिन्तक एवं आफन्तजनले श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेमकिपाका सचिव एवं सांसद प्रेम सुवाल, भनपाका प्रमुख सुनिल प्रजापतिले पार्टीको झण्डा वडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
हजारौ शुभचिन्तकहरुको सहभागितामा दुधपाटीबाट तेखापुखु, नासमना, तौमढी, स्कूलढोका, गोलमढी, तचपाल, सूर्यमढी, च्याम्हसिंह हुँदै हनुमानघाटमा पुगेर नेवारी परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरी दिवंगत प्रधानका कान्छा छोरा सुभान  विजुक्छेले दागवत्ति दिएका थिए ।
भक्तपुर नगरपालिकाले निर्माण गरेको सुधारिएको दिपबाट स्व। प्रधानको अन्तिम संस्कार गरेको थियो । यो नै दिप निर्माण पछिकोको पहिलो संस्कार भएकोे दिप निर्माण समितिका संयोजक कृष्णगोविन्द लाखाजुले बताए । २ घण्टामा लास पोल्न सकिने गरी सो सुधारिएको दिप निर्माण गरेको लाखाजुले बताए ।
गत असार ८ गते अपह्रान ३ः४५ बजे पाठेघरको क्यान्सर रोगको उपचारकोक्रम निधन भएका प्रधानको आज दिउँसो श्रद्धाञ्जली अर्पणगरी अन्त्यष्टी गरिएको हो । स्व. प्रधान नेपाल क्रान्तिकारी महिला संघका कोषाध्यक्ष र शिक्षक संघका केन्द्रीय सदस्य हुनु हुन्थ्यो ।