भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू
मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको होे ।वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका चारवटै स्थानीय तह ९भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका०मा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राख्ने प्रजिअ शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चारवटै नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद्सँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिको छलफलबाट विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।”यहाँका सबै नगरपालिका प्रमुखले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राख्ने सहमति भएको भन्दै प्रजिअ शर्माले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको छ भन्नुभयो । उहाँले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्री बोट, साबेल, डोरी, लाइफ ज्याकेटलगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको उल्लेख गर्नुभयो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना क्षेत्रका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने जानकारी दिनुभयो । वर्षायाममा मुख्यगरी भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेटामा पर्दै आएको छ भने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामीण एवं पहाडी क्षेत्र पहिराको जोखिममा पर्दै आएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्यधिकरूपमा अवैध जग्गा खण्डीकरण एवं प्लटिङ रहेकाले पहिराको जोखिम बढेको नगरप्रमुखहरूको गुनासो थियो । चाँगुनारायणका प्रमुख खत्रीले अवैधरुपमा सञ्चालित जग्गा प्लटिङदेखि जग्गा सम्याउने बाहनामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्यधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरु गरेको बताउँदै यसमा प्रहरी प्रशासनको प्रभावकारी साथ र सहयोग जुटाइदिन आग्रह गर्नुभयो । जथाभावी डोजर लगाउँदा यहाँका बस्ती नै जोखिममा परेको भन्दै यसलाई रोक्न अत्यावश्यक भएको उहाँले औँल्याउनुभयो । प्रजिअ शर्माले सार्वजनिक सम्पत्ति रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा सङ्कलन गर्न, नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण सङ्कलन गरी दुरुस्त राख्न, अवैधरुपमा ढुङ्गा, माटो, बालुवाखानी सञ्चालनलाई तत्काल रोक्न र जग्गा खण्डीकरण रोक्न निर्देशन दिनुभयो ।उहाँले चारवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना पनि दिनुभयो ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...














