भनपा वडा नं ५,६,७ र ८ मा पनि नेमकिपाको सान्दार जित
भक्तपुर, जेष्ठ २ गते
भक्तपुर नगरपालिका वडा नम्बर ५,६,७,८मा पनि नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुले अत्यधिक बहुमतले विजयी भएको छ । भनपा ५का योगेन्द्रमान बिजुक्छे २७७६, भनपा ६ हरिराम सुवाल ३२४१, भनपा ७का उकेश कवां ३९७९ र भनपा ८का कृष्णप्रसाद कोजू २२७९ मतका साथ सम्पूर्ण प्यानल विजयी भएको हो । यसभन्दा अघि १,२,३ र४ मा पनि नेमकिपा मादलका श्यामकृष्ण खत्री, २ का हरि बासुकला, ३का राजकृष्ण गोरा र ४का उपेन्द्र सुवालले पनि अत्यधिक बहुमतले विजयी भएको थियो । अहिले भनपा ९ र१० को गणना भइरहेको छ ।













