सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण ।।
सजना तिमल्सिना, सीआइएन काठमाडौँ
सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण परेको छ । नेपालले तिर्न बाँकी यसवर्षको कुल वैदेशिक ऋण ५७ अर्ब २९ करोड ९४ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । त्यो ऋण सरकारले तिर्न नसक्ने अवस्था आए सर्वसाधरण कै थाप्लोमा थपिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३२ दशमलव २ प्रतिशतले घटेर ६४ अर्ब १५ करोड रहेको छ । यसमध्ये अनुदान सहायता ६ अर्ब ८५ करोड र ऋण सहायता ५७ अर्ब ३० करोड छ । वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १० दशमलव ७ प्रतिशत र ८९ दशमलव ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता रकम ९४ अर्ब ६६ करोड रहेको थियो । कोरोना महामारीपछि नेपालको ऋण नबढेको अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये एशियाली विकास बैंकबाट ४२ दशमलव ८, विश्व बैंकबाट २९ दशमलव ३ र आई.एफ.ए.डी बाट १८ दशमलव १ प्रतिशत प्राप्त भएको छ । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार एवम् योसँग सम्बन्धित पूर्वाधार निर्माणको लागि प्राप्त भएको छ । यसका लागि ३० दशमलव ७ प्रतिशत रकम प्राप्त भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । सो ऋण क्रमिक रुपमा तिर्दै जाने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।वैदेशिक ऋण तिर्ने समय अवधि ऋण दिने देश वा संस्थासँगको सम्झौता अनुसार हुन्छ । सरकारले समयमा ऋण तिर्न नसके त्यसबापत थप जरिवाना रकम तिर्नुपर्ने हुन्छ । तर नेपाल सबैभन्दा कम सार्वजनिक ऋण लिने मुलुकको सूचीमा भएको र अहिलेसम्म समयमै सावाँ र व्याज तिरेकोले हरजाना तिनुपर्ने अवस्था भने आएको छैन । सङ्क्रमित बढिरहेपनि पालिकाहरूले आइसोलेसन तथा उपचार केन्द्र बनाउन ढिलाइ गरेको नागरिकको गूनासो रहेको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...












