सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण ।।
सजना तिमल्सिना, सीआइएन काठमाडौँ
सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण परेको छ । नेपालले तिर्न बाँकी यसवर्षको कुल वैदेशिक ऋण ५७ अर्ब २९ करोड ९४ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । त्यो ऋण सरकारले तिर्न नसक्ने अवस्था आए सर्वसाधरण कै थाप्लोमा थपिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३२ दशमलव २ प्रतिशतले घटेर ६४ अर्ब १५ करोड रहेको छ । यसमध्ये अनुदान सहायता ६ अर्ब ८५ करोड र ऋण सहायता ५७ अर्ब ३० करोड छ । वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १० दशमलव ७ प्रतिशत र ८९ दशमलव ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता रकम ९४ अर्ब ६६ करोड रहेको थियो । कोरोना महामारीपछि नेपालको ऋण नबढेको अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये एशियाली विकास बैंकबाट ४२ दशमलव ८, विश्व बैंकबाट २९ दशमलव ३ र आई.एफ.ए.डी बाट १८ दशमलव १ प्रतिशत प्राप्त भएको छ । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार एवम् योसँग सम्बन्धित पूर्वाधार निर्माणको लागि प्राप्त भएको छ । यसका लागि ३० दशमलव ७ प्रतिशत रकम प्राप्त भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । सो ऋण क्रमिक रुपमा तिर्दै जाने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।वैदेशिक ऋण तिर्ने समय अवधि ऋण दिने देश वा संस्थासँगको सम्झौता अनुसार हुन्छ । सरकारले समयमा ऋण तिर्न नसके त्यसबापत थप जरिवाना रकम तिर्नुपर्ने हुन्छ । तर नेपाल सबैभन्दा कम सार्वजनिक ऋण लिने मुलुकको सूचीमा भएको र अहिलेसम्म समयमै सावाँ र व्याज तिरेकोले हरजाना तिनुपर्ने अवस्था भने आएको छैन । सङ्क्रमित बढिरहेपनि पालिकाहरूले आइसोलेसन तथा उपचार केन्द्र बनाउन ढिलाइ गरेको नागरिकको गूनासो रहेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...












