भक्तपुरका थप एक हजारमा संक्रमण पुष्टि
भक्तपुर, माघ ६ गते
भक्तपुर जिल्लाका चार वटै नगरपालिका क्षेत्र बसोबास गर्ने थप एक हजार नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एक्कै दिन अहिलेसम्मकै बढी जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाबाट भक्तपुरमा आज थाप ९५८ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरपालिकाका ११५ पुरुष र १२१ महिला गरी २३६ जना, चाँगुनारायण नगरका ६७ पुरुष र ४६ महिला गरी ११३ जना, मध्यपुर थिमी नगरका ११० पुरुष र ११० महिला गरी २२० जना यसै गरी सूर्यविनायक नगरपालिकाका १०९ पुरुष र ११६ महिला गरी २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार यसरी संक्रमित हुनेहरु मध्ये ७५ पुरुष र ८९ महिला गरी १६४ जना संक्रमण पुष्टि भएकाहरु सम्पर्क विहिन अवस्थामा रहेको उल्लेख गरेका छन् । हिजो एक्कै दिन जिल्लामा ५६४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज एक्कै दिन ९५८ जना संक्रमित भएका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













