नेपालमा थप १ जनाको कोनाका कारण मृत्यु, सक्रिय सङ्क्रमितको सङ््रख्या घट्दै ।
नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २४ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ९ हजार ८ सय ८८ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २ सय ३१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४३ जना र १ हजार ६ सय ५७ एन्टीजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २१ हजार १ सय २१ र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म आरटी पिसिआर र एन्टीजेन विधिबाट गरिएको कोरोना परीक्षणपछि नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख १६ हजार ६ सय ९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप २ सय ४३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ । हाल देशभर ६ हजार ९ सय ४४ सक्रिय सङ्क्रमित रहेका छन् ।
Featured Posts – Style 1
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
2026-01-29 Comments Off on भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुराभक्तपुर,भक्तपुर निर्वाचन क्षेत्र न १ कालागि उम्मेदवारी दिएका नेपाल कम्यूनिष्ट पार्टीले आज भक्तपुरको कमलविनायकमा...
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
2026-01-29 Comments Off on सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमतिभक्तपुर, माघ १४ गतेभक्तपुरको प्रसिद्ध नवदुर्गा गणका देवगण...
Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
2026-01-28 Comments Off on Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
In an industry where faces often command the spotlight, Rupesh Thapa has quietly built a powerful legacy through frames, light,...
‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
2026-01-28 Comments Off on ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने भएको छ । विगत केही वर्षदेखि नवप्रतिभाहरूलाई मञ्च प्रदान...
भक्तपुरमा निर्वाचन तयारी तीव्र
2026-01-28 Comments Off on भक्तपुरमा निर्वाचन तयारी तीव्र
भक्तपुरमा निर्वाचन तयारी तीव्रमाघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी...












