सिद्धिस्मृति प्रतिष्ठानको सिद्धिस्मृति प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा

सिद्धिस्मृति प्रतिष्ठानको सिद्धिस्मृति प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा
भक्तपुर, कार्तिक २५ गते
सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरले आज प्रतिष्ठानको सभाहलमा एकाइसौं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो साधारण सभाकोप्रतिस्ठानद्वारा सञ्चालित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमका ९२ वर्षिय जेष्ठ नागरिक बेखा नारायण महर्जनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथी महर्जनले साधारण सभाको उद्घाटन गर्दै भने छोरा छोरीहरुले धेरै आश्रमहरुमा राख्न लगे चित्त बेझेको थिएन । सिद्धि शालिग्राम राम्रो छ भनेर छोरा छोरीले ल्याए राम्रै रहेछ । यहाँबाट अन्त जाने मन छैन् । यतै बस्ने छु ।


सिद्धि स्मृति प्रतिष्ठान सुरु भएको ३० वर्ष भयो । कानुनी रुपमा २१ औं साधारण सभा मनाउँदै छौं सभाका अध्यक्ष श्याम सुन्दर धौभडेलले बताए । जीवनमा केही गर्नुपर्छ भन्ने सिद्धिको स्मृतिमा आज यहाँसम्म आई पुग्यौं संस्थापक एवं आजीवन अध्यक्ष धौभडेलले बताए । ३० वर्षको सेवा अवधिमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म सिद्धि स्मृति प्रतिष्ठान र अस्पतालले दिइ आएको सेवाहरु प्रशंसाको विषय बनेको छ उहाँले बताए ।


सामान्य स्वास्थ्य केन्द्रबाट महिला तथा बाल विशेषज्ञ अस्पतालको रुपमा विकोस गर्न धेरैसँग हात फैलाउदै सधै मागेर सेवा दिनुपरेको थियो तर आज अस्पतालको राम्रो सेवाबाट २ सय जना डाक्टर नर्स र कर्माचारीहरुलाई पाल्न सक्ने भएका छौं अध्यक्ष धौभडेलले स्मरण गर्नु भयो । फेरी अस्पतालको नयाँ भवन बनाउदै छौं। टेण्डरबाट भवन निर्माण गर्दा १४ करोड पर्ने देखियो, यसलाई विशेषज्ञहरुसँग परामर्श गर्दा बलियो र गुणस्तरीय अस्पतालको भवन बन्ने गरी १०।११करोड मै निर्माण कार्य थालनी भएको छ, उहाँले बताए ।
साधारण सभाले संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलको अध्यक्ष र संस्थापक उपाध्यक्ष रञ्जना धौभडेलको उपाध्यक्षकत्वमा नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिमा सदस्य सचिव हरिाम लवजू, कोषाध्यक्षमा योगेन्द्र भुपाल मल्ल, सदस्यहरुमा डा. रामकृष्ण चन्द्य, चण्डिका अमात्य, सुषमा पोखरेल, श्यामप्रसाद न्यौपाने र सृजना धौभडेल रहेका छन् भने अध्यक्ष धौभडेलले थप दुई जना पदाधिकारीहरु मनोनयन गरेका थिए ।
सिद्धिको सम्झनामा २१ वटा दिप प्रज्वलन र एक मिनेट मौनधारण गर्दै सुरु भएको सो साधारण सभामा संस्थापक उपाध्यक्ष रञ्जना धौभेडलले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा प्रतिष्ठानका उत्तमनारायण मल्ल, सुष्मा पोखरेल, श्यामप्रसाद न्यौपानेले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।