कालापनी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी ।
राष्ट्रिय जनगणना २०७८ मा कालापनी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने राष्ट्रिय केन्द्रीय तथ्यांक विभागले बताएको छ । भदौ ३० गते देखि असोज १८ गते सम्म सञ्चालन भएको घर तथा घर परिवार सुचिकरण कार्यक्रममा भने कालापनी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको सुचीकरण गर्न भने नसकिएको विभागले जनाएको छ । आगामी कार्तिक २५ देखि मङ्सीर ९ गते सम्म हुने राष्ट्रिय जनगणना–२०७८ मा भने ति स्थानको गणनाका लागि कुटनितिक पहल भैरहेको छ । कुटनितिक पहलबाट सम्भव नभए गणनाको लागि अन्य विधि अपनाएर भए पनि गणना गरिनेकेन्द्रीय तथ्यांक विभाग निर्देशक ढुण्डीराज लामिछानेले सीआईएनसंग बताउनुभयो । नेपाल– सीमामा पर्ने उक्त भूभाग नेपाल पक्षले आफ्नो रहेको भन्दै नक्सामा उक्त भूभाग समेटेको छ । तर, भारतले भने उक्त भू–भाग आफ्नो रहेको भन्दै हस्तक्षेप नीति अपनाइरहेको छ । सरकारले भने कुटनीतिक पहल गरिरहेको बताएको छ ।












