गपलिमा दशैको शुभकामना

गपलिमा दशैको शुभकामना

भक्तपुर, २५ असोज । गपली टोल सुधार समितिको आयोजनामा विजया दशमी २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भनपा वडा नं ४ का वडाध्यक्ष कुमार चवालको प्रमुख आतिथ्यतामा एक समारोहबीच साइनिङ्ग स्टुडेण्टमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि कुमार चवालले बस्ति भएपछि टोल सुधार स्थापना हुने तर त्यसलाई निरन्तरता दिन सा¥है गा¥हो हुने साथै त्यस्तो सामाजिक कार्यमा लाग्दा व्यक्तिगत नोक्सान भएपनि सामुहिक फाइदा र समाजको हित हुने बताउनुभयो । उहाँले काम गर्नेको कमिकमजोरी हुने र काम गर्नेलाई आलोचना हुने भएकोले प्रशंसामा नमातिने र विरोध र आलोचनामा नडराई निडर भई काम गर्नु पर्ने बताउनु भयो । उहाँले हाम्रो समाजमा मरेपछिमात्र प्रशंसा हुने भएकोले निवास्र्थ सेवा गरेको सित्तै नजाने बताउनु भयो । उहाँले दुई दुई बर्ष भोज भतेर र सभासम्मेलन गर्न नपाएको भनि डब्बल मज्जा गर्ने भनि माक्स विना नवरातमा बाजागाज सहित हुल हुज्जतले कोभिड संक्रमण हुन सक्ने बताउँदै स्वास्थ्य मापदण्ड अपनाई दशैं मनाउन अनुरोध गर्नु भयो । उहाँले सरसफाईमा चेतना आई आफ्नो घर सफा गरी अर्काको घर अगाडि फोहर फाल्ने, सफाइ मजदुरको गाडा वा गाडी आउँदा मात्रै राखी दिने बानी नहुँदा फेरी फोहर देखिन थालेको बताउँदै फोहर पानीमा डेंगु संक्रमण समेत फैलिन सक्छ भन्नुभयो ।
उहाँले राम्रो काम त परिणाम नराम्रो आउन सक्छ भने नराम्रो काम गरेर राम्रो परिणामको आशा गर्न नसकिने भएकोले एमसिसिले देशलाई उपनिवेश र जनतालाई शरणार्थी बनाउने अमेरिकाको हस्तक्षेप नीति भएको बताउनु भयो । उहाँले २०५८ सालमा भक्तपुर अस्पतालमा इर्मन्जेन्सी वार्ड निर्माण गर्दा अमेरिकी सैनिक सहित काम गरेको अवस्था रहेकोले एमसिसिले अमेरिकी सैनिक आउने बताउँदै त्यहि साल जेड १९ को दरवार हत्या काण्ड भएको बताउनु भयो ।
उहाँले अनियमित निर्माण गरे जनता आफैलाई समस्या हुने भएकोले त्यस्तो नगर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका सचिव रामकृष्ण प्रजापतिले एकता नै बल भने झै निष्कृय हुन लागेको गःपली टोल सुधार समिति पुनःजागरण गर्न दशैंको शुभकामना कार्यक्रम राखेको बताउँदै समाज राम्रो नभएसम्म समाजमा रहेका जनताको जीउ धनको सुरक्षा नहुने साथै विकृति र विसंगतिबाट युवाहरुलाई टाढा राख्न समाजको लागि पनि समय दिनु पर्ने बताउँदै आर्दश समाज बनाउने तिर लम्कनु पर्ने बताउनुभयो ।
कार्यक्रम टोल सुधार समितिका अध्यक्ष कृष्णभक्त अवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ, सदस्य रविन छुस्याकीले पनि बोल्नु भएको थियो ।