बंशगोपालमा बजार अनुगमन
भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार बंशगोपालमा रहेको पसल र मिनिमार्टहरु ३ वटा अनुगमन गरियो ।
अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेवल नभएको सामानहरु फेमस ध्यू लेवल नभएको १५ वटा, टेष्ट किड्ड वेकरी पप ४ पाकेट, गुड डे विस्कुट १६ पाकेट, क्रन्चि १ पाकेट, मेरिगोल्ड विस्कुट, क्रिम टोफि ४ पाकेट, क्वालिटि सस् १ पाकेट, स्टे फिट विस्कुट २ पाकेट, डाइजेस्टिभ विस्कुट ३ पाकेट, वेकिड्ड पाउडर १० वटा, बटर १ वटा जफत गरी नष्ट गरियो भने लेवल नभएको प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न निर्देशन दियो ।

त्यस्तै मासु संसारमा विग्रेको मासु २० केजि, भुडि(खाडो र भुटन) ४ केजि जफत गरी नष्ट गरियो भने पसल सफा गर्ने, फ्रिज एकदमै फोहर भएकोले सफा गर्नुपर्ने, विग्रेको मासु फ्रिजमा नराख्ने, पसल नविकरण गर्न र एक थान तराजू जफत गरी कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
त्यस्तै राज्य स्टोरमा दर्ता नविकरण गर्न सरसफाई र पसल व्यवस्थित संचालन गर्न निर्देशन दियो ।
अनुगमनमा श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक जयराम दुलाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापति, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवालको सहभागी रहेको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














