वागेहिणीमा स्वेतर वितरण कार्यक्रम सम्पन्न

वागेहिणीमा स्वेतर वितरण कार्यक्रम सम्पन्न
भक्तपुर, माघ ५ गते
वागेहिणीको इच्छा गुणस्तरीय र प्राविधियुक्त शिक्षा उद्घोष गर्ने वागेहिणी मावि बागीश्वरी भक्तपुरले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको लागि स्वेतर र मसलन्द सामग्री वितरण गरेको छ । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद काफ्लेको सभापतित्वमा सोमबार विद्यालय प्रांगणमा सम्पन्न भएको एक समारोह वीच विद्यार्थीहरुलाई स्वेतर र मसलन्द सामग्री वितरण भएको हो । कार्यक्रमका प्रमुख अतिथी एवं सहयोगि गणेशप्रसाद लामिछानेले सो अवसरमा शैक्षिक क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा विद्यार्थीहरुको ज्ञानशिप र क्षमता अभिवृद्धि गर्न वर्तमान समयमा सामुदायिक क्षेत्रले विद्यालयको नविनतम सोच र प्रविधियुक्त शिक्षामा जोडदिनुपने बताउनु भयो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साधुराम गैडा, शिक्षक विष्णुलाल श्रेष्ठ, जीवन सुवाल, बाल क्लवका अध्यक्ष रश्ना श्रेष्ठले समेत बोल्नु भएको थियो । सोही कार्यक्रममा सविन लामिछानले विद्यार्थीहरुकालागि मसलन्द सामग्रि समेत वितरण गरेको थियो ।