सहकारीले सामाजिक भावना अभिवृद्धि गर्नुपर्नेमा जोड

सहकारीले सामाजिक भावना अभिवृद्धि गर्नुपर्नेमा जोड
भक्तपुर, पुस २५ गते
समुदायमा सामाजिक भावना अभिवृद्धि गर्दै गाउँ र शहर बीच विभेड नहुने व्यवहार गर्न स्थानीय सहकारीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिन्दै भक्तपुर नगरपालिका वडा नम्वर ७का वडाध्यक्ष उकेश कवांले सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभाको आज एक समारोह बिच उद्घाटन गर्नु भएको छ ।

सो अवसरमा उहाँले सहकारीले समुदायको साँस्कृतिक स्तर उकास्ने कार्य गर्दै सदस्य प्रति जिम्मेबार हुनुपर्नेमा जोड दिनु भयो । देशभर रहेका २९ हजार सहकारी संस्थाहरुको आर्थिक गतिविधिहरु सरकारको बजेट बराबरको रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायनमान गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । सो कार्यक्रमका विशेष अतिथी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वजूले सो अवसरमा संघले सहकारी संघ संस्थाको व्यवस्थापन, क्षमतावृद्धि र सहकारी अभियानका लागि गरिरहेका गतिविधि बारे प्रकास पार्नु भयो ।
संस्थाका अध्यक्ष सानुकाजी त्वायनावासुको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर इटा उद्योग व्यवसायी संघका उपाध्यक्ष आशकाजी त्वायनाबासु, समाजसेवी विष्णुभक्त मारिखु संस्थाका व्यवस्थापक सानुकाजी चिकंबन्जारले पनि सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाले दिइ रहेको सेवा सुविधा र गतिविधिहरु एवं समुदायको हितका लागि खेलि रेहेको भुमिका बारे प्रकास पारेका थिए ।