फोहर व्यवस्थापनको नाममा सरकारी गाडीको दुरुपयोग ! भनपाद्वारा नियन्त्रण
भक्तपुर, मंसिर ४ गते
भक्तपुर नगरपालिकाको स्यानिटेशन शाखाले भक्तपुर औद्योगिक क्षेत्र भित्र फोहर उठाउने गाडी नियन्त्रणमा लिएको छ । बा १ ग २७६२ नम्वरको सरकारी गाडीले भक्तपुर नगरपालिकाको सहमति वा अनुमति नलिइ फोहर उठाउन थालेपछि नियन्त्रणमा लिएको शाखाका निमित्त प्रमुख रामकृष्ण प्रजापतिले जनाएको छ । भक्तपुर नगर क्षेत्रमा नगरपालिका आफैले फोहर व्यवस्थापन गर्दै आएको स्यानिटेशन शाखाले भक्तपुर नगरपालिकामा दर्ता नगरेका उद्योगहरुको समेत फोहर उठाउन थालेपछि के कसरी फोहर उठाएको हो सो बारे जानकारीको लागि सो गाडीलाई नियन्त्रणमा लिएको शाखाका निमित्त प्रमुख प्रजापतिले जनाएको छ । वडा निरिक्षक समेत रहेका प्रजापतिले टफिक प्रहरीको रोहबरमा छानविन गर्दा गाडीको विल बुक र चालकले सवारी सालक अनुमति पत्र समेत नदेखाएपछि नियन्त्रणमा लिएको जनाएको हो ।

छानविनको क्रममा चाँगुनारायण नगरपालिकाको अनुदानले दिएको सरकारी गाडीको प्रयोग गरी नेप्से म्याक प्रालिले भक्तपुर नगरपालिका क्षेत्रको समेत फोहर संकलन गर्न थालेको एक सरसफाई मजदुरले जनाए । यस्तो दुईटा गाडी चाँगु नगरपालिकाले दिएको छ उनले भने । यता चाँगु नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सो बारे आफूलाई रिपाटिंग नभएको तर दुरुपयोग गरेको भए कार्वाही हुने बताउनु भयो ।
भक्तपुर उद्योग क्षेत्रका उद्योगिहरुसँग सम्झौता गरी नेप्से म्याकले फोहर संकलन गर्दा सरकारी गाडीको दूरुपयोग गरेको देखिएपछि नगरपालिकाले नियन्त्रणमा लिएका हुन । भक्तपुर उद्योग वाणिज्य संघ अगाडी सो गाडीलाई नियन्त्रणमा लिए पछि भक्तपुर नगरपालिकाका प्रमुख र भक्तपुर औद्योगिक व्यवस्थापन लि.का पदाधिकारी एवं उद्यमी विच छलफल पछि नियन्त्रणमा लिएको गाडी आजै छाडिएको छ । भक्तपुर औद्योगिक व्यवस्थापन लि.का सूचना अधिकारी उमा कार्कीले भने भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रका उद्योगहरुको पनि कि त फोहर उठाइ दिनुपथ्यो नभए बाहिरबाटै उठाउँदा फरक नफर्ने प्रतिकृया दिइन तर भक्तपुर औद्योगिक क्षेत्रमा रहेका ३६ वटा उद्योग मध्ये बढीमा १५ वटा उद्योगहरु मात्रै भक्रपुर नगरपालिकामा दर्ता भएको पनि उनले बताए । कमसेकम दर्ता भएको उद्योगको भए पनि फोहर व्यवस्थापन गर्नुपर्ने हो उनको भनाई छ । नगरपालिकाको नियमानुसार दर्ता र कर तिर्न उद्यमीलाई समस्या भएको भन्दै भक्तपुर नगरपालिकामा कर समेत नबुझाएको धेरै वर्ष भएको पनि सूचना अधिकारी कार्कीले बताइन । भनपा स्यानिटेशनका नि.प्रमुख प्रजापतिले भन्ने भक्तपुर औद्योगिक क्षेत्रका अधिकासं उद्योगहरु भक्तपर नगरपालिकामा दर्ता देखि कर समेत नतिरि सञ्चालनमा रहेको बेला के कसरी बाहिरको सरकारी गाडीबाट फोहर उठाएउन आएछन् भन्ने सवालमा थप जानकारीको लागि नियन्त्रणमा लिएको बताए ।













