गुण्डुमा पुनर्निर्माण ४०/६०% ,
भूकम्पपछि नागरिकलाई भ्रष्टिकरणमा लगि रहेको टिआइ नेपालको ठहर
भक्तपुर, श्रावण १३ गते
भूकम्पपछि नागरिकलाई भ्रष्टिकरणमा लगेको टिआइ नेपालका कानुनी अधिकृत दिनानाथ भट्राईले जनाएको छ । बास्तविक भूकम्प पीडितलाई दिने सरकारी अनुदानलाई दुरुपयोग गर्नेको संख्या पनि रहेको उल्लेख गर्दै उहाँले टिआई नेपालले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार र पारदर्शितालाई जोड दिदै सहजिकरणको अभियानमा जुति रहेको बताउनु भयो ।

सुर्यविनायक नगरपालिका वडा नम्वर ७ स्थिति गुण्डुको स्वास्थ्य चौकीको सभाहलमा सोमबार आयोजना भएको एक कार्यक्रम बीच सो वडाको पुनर्निर्माणको अवस्था र कोभिड १९को प्रभाव बारे छलफल गरेको थियो । वडाध्यक्ष रविन्द्र सापकोटाले राष्ट्यि पुनर्निर्माण प्राधिकरणका निर्णयहरु अझै पनि वडा कार्यालयसम्म आइनपुगेको उल्लेख गर्दै जवसम्म प्रधिकरणका निर्णयहरु वडासम्म आइ पुग्दैन तवसम्म गुण्डुमा पुनर्निर्माण प्रभावकारी नहुने जिकिर गर्नु भयो । काँचो माटोहरुले बन्नेका गुण्डुका अधिकांस घरहरु भूकम्पले भत्किदा लाभग्राहीको संख्या घर संख्या भन्दा पनि बढी पुगेको जनाउँदै गोठ भत्केकाहरुले समेत सरकारी किस्ता लिएको पाइएको, बैकल्पी घर हुँदा हुदै लाभग्राहीको सूचीमा रहेको, गुनासो सुनुवाई गर्दा पनि सयौंको संख्यामा पुनरावेदन गर्ने भूकम्प पीडितहरु रहेको तथा गरिव र न्यून आय भएका भूकम्प पीडितहरु हुनु, पारिवारिक एवं जग्गा विवाद तथा मोही जग्गा धेरै रहेकाले पनि पुनर्निर्माणमा गुण्डु पछि परेको बताउनु भयो । गुण्डुमा पुर्वाधार विकासमा अग्रसर भए पनि निकास विनाको विकासले विनास समेत भएको उल्लेख गर्दै जंगली जनावरले किसानहरुको बालि नष्ट गर्नुका साथै मानविय क्षेति समेत हुँदै आएकाले बहुविपतिय जोखिम व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष सापकोटाले जनाउनु भयो ।
१ हजार २ सय ३९ लाभग्राही रहेको गुण्डुमा गुनासो सुनुवाईबाट १ सय ७८ लाभग्राही थपिन्दा १ हजार ४ सय १७ जना लाभग्राही मध्ये १ हजार २ सय ८९ ले पहिलो किस्ता लिइ सकेका छन् भने ५ सय ९० जनाले दोस्रो किस्ता र ५ सय ६५ जनाले तेस्रो किस्ता लिइ सकेका छन् । ४० प्रतिशत पुनर्निर्माण सम्पन्न भए पनि गुण्डुमा मात्रै अझै ६० प्रतिशत पुनर्निर्माण गर्न बाँकी रहेको सो वडामा २५ जना प्रबलिकरणका लाभग्राही रहेको प्राविधिक श्रीकृष्ण थापाले जनाएको छ ।
कोरना भाइरसको जोखिमले पुनर्निर्माण कार्य प्रभावित भए पनि कोरनाको विपद् रोकथाम र व्यवस्थापनमा स्थानीय समुदाय सचेत रहेको स्थानीयको भनाई छ । कोरना भाइरस संक्रमणको जोखिमका कारणले भने पुनर्निर्माण कार्य प्रभावित रहेको पनि स्थानीयले जनाएका छन् ।छलफलमा टीआई नेपाल भक्तपुर जिल्ला अधिकृत जुनु ढकालले सहजिकरण गर्नु भएको थियो ।












