भक्तपुरका ४८ जना संक्रमितमध्य ३० जना निको १८ जना उपचारमा, कोरनाबाट बच्न SMS पालना गरौं ।: स्वास्थ्य कार्यालय भक्तपुर

भक्तपुरका ४८ जना संक्रमितमध्य ३० जना निको

१८ जना उपचारमा,

कोरनाबाट बच्न SMS पालना गरौं ।: स्वास्थ्य कार्यालय भक्तपुर

भक्तपुर, श्रावण २ गते
कोरनाबाट बच्न SMS पालना गर्नुपर्नेमा जोड दिदै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले कोरनाको त्रास भक्तपुरबासीमा पनि रहेकाले सुरक्षित व्यवहारमा रहन आग्रह गरेको छ ।
जिल्लामा ४८ जनामा कोरना संक्रमण भए पनि ३० जना निको भइसकेको र अन्य संक्रमित १८ जनाको उपचार भइरहेको जानकारी दिदै वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले कोरनाको त्रासमा भन्दा सुरक्षित व्यवहारमा रहन आग्रह गर्नु भएको छ । बिहिवार भक्तपुरका पत्रकारहरुसँग छलफल गर्दै कार्यालय प्रमुख मिजारले SMS पालना भन्नाले सामाजिक एवं भौतिक दुरी कायम गर्ने, हुलमुलमा नहिड्ने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने र स्यानिटाईजर एवं साबुन पानीले हात धुने गर्नुपर्नेमा जोड दिएका हुन । भक्तपुरका कोरना संक्रमित अधिकांस विदेशबाट आएकाहरु रहेको उल्लेख गर्दै क्वारेन्टाइनमा रहेका १५ जना, भक्तपुर नगरपालिकाका १४ जना, चाँगु नगरपालिकामा ८ जना, सूर्यविनायक नगरपालिकामा ६ जना, थिमी नगरपालिकामा ५ जना गरी अहिलेसम्म ४८ जना संक्रमित भएका हुन भने संक्रमितहरु २१ देखि ४० उमेर समूहका बढी देखिएको बताउँदै २० वर्ष मुनीका ३ जना र ४० वर्ष भन्दा माथिका ८ जनामा कोरना संक्रमण भएको पाइएको उहाँले बताउनु भयो ।
भक्तपुरबाट २२८९ जनाको स्वाव संकलन गरी कोरना परीक्षण गराइ सकेको उल्लेख गर्दै आडिटीबाट १९३३ जनाको परीक्षण भएको जनाएको छ । भक्तपुरबाट परीक्षण गराएकाहरुमा १७ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको बताउँदै भक्तपुरका विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ७१ जना मध्ये २०० जनाको कोरना परीक्षणको नतिजा आउँन बाँकी रहेको उल्लेख गर्नु भयो ।
१५ औं ५ वर्षे राष्ट्यि योजनाको अपेक्षित उपलब्धी हासिल हुने गरी आर्थिक वर्ष २०७६।७७ले तय गरेको आधार पत्र अनुसार स्वास्थ्य क्षेत्रको दिगो विकासका लक्ष्य अनुरुप जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आर्थिक वर्ष २०७६।७७ मा कार्य सम्पादन गर्नेक्रममा कोरना भाइरसको जोखिम र लकडाउनका कारण केही हदसम्म प्रभावित भएको जनाउनु भयोे । पुर्ण खोप सुनिश्चित जिल्ला भक्तपुरका बालबालिकाहरुको खोपको पहुँच पुर्याउन लक डाउनका कारण केही बिलम्ब भएको तथा विवरणहरु संकलन गर्न समस्या रहे पनि आमा र बच्चाको स्वास्थ्य, पोषण, परिवार नियोजनका क्षेत्रमा सन्तोषजनक रहेको बताएको छ । जिल्लाबासीहरुलाई स्वास्थ्य सेवा प्रभावकारीरुपले दिन २९७ महिला स्वयंसेवकहरु परिचालन गरेको ५३ वा हेल्प डेक्स, स्वास्थ्य चौकी र सार्वजनिक तथा सरकारी अस्पतालहरुबाट समेत सेवा दिइरहेको उल्लेख गर्दै जिल्लामा ७३ खोप क्लिनिकहरु रहेको भन्दै २२ वटा एम्बुलेन्सहरु पनि सञ्चालनमा रहेको जानकारी दिनु भयो ।
सरकारले स्वस्थ सवल र सक्रिय जीवन सहितको नेपालीको आयु ७२ वर्ष लक्ष्य प्राप्तिका लागि पुर्ण सुनिश्चित खोप अभियानले ९५ प्रतिशत पूरा गर्नुपर्ने, डादुरा रुवेला ९० प्रतिशत पुग्नुपर्ने, सुत्केरी आमा र बच्चा जोगाउन ८१ प्रतिशत पुर्याउनुपर्नेमा डक डाउनका कारण खोप अभियान७८ प्रतिशत,डादुरा रुवेला ८८प्रतिशत मात्र हुन सकेकाले नयाँ आर्थिक वर्षमा यी अभियानहरुलाई प्रभावकारी बनाउन माइक्रो प्लानिंग योजना कार्यान्वयनमा ल्याएको बताएको छ । जिल्लाका ४ वटै नगरपालिकाहरुसँगको समन्वयमा सरकारले दिने भनिएको ७२ प्रकारका औषधीहरुको वितरणको व्यवस्था पनि मिलाएको उहाँले जनाउनु भयो ।