स्योरका स्वयंसेवकहरुद्धारा समुदायमा निसंक्रमण गर्ने कार्य शुरु

५ जेठ २०७७
भक्तपुर

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रम अन्र्तगत भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरका सार्वजनिक स्थलमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले किटनाशक औषधी छर्केर निसंक्रमण गर्ने कार्य शुरु गरेको छ । रेडक्रसका ७० जना स्वयंसेवकहरुले दुबै नगरका विभिन्न वडाहरुमा कोरना भाइरसबाट सुरक्षित व्यवहार अपनाउन आग्रह गर्दै किट नासक औषधी समेत छर्केका हुन । नेपाल रेडक्रस सोसाइटी बाराही उपशाखाका स्वयंसेवकहरुद्धारा १ नं वडा कार्यालयको समन्वयमा लिटिल वल्र्ड इङ्गलिश स्कूल, ज्ञानकुञ्ज विद्यालय, डेगमना, पुरानो बसपार्क, बंशगोपाल लगायतका वडा नं १ का विभिन्न स्थानमा किटनाशक औषधी छर्केर निसंक्रमण गर्ने कार्य गरिएको हो ।

स्योर कार्यक्रमको तीन महिने कोभिड १९ प्रतिकार्य विशेष योजना अनुसार स्थानीय वडा कार्यालय तथा रेडक्रसका स्थानीय उपशाखासंग समन्वय गरी भक्तपुर रेडक्रसका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरु परिचालन गरी निसंक्रमण गर्ने कार्य भइरहेकोे कुरा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोज कुमार थापाले जानकारी दिनुभयो । उहाँले बन्दाबन्दीका अवस्थामा पनि रेडक्रसले रक्तसंचार सेवा, एम्बुलेन्स सेवा जस्ता अत्यावश्यक सेवाहरुको निरन्तरता दिनुका साथै भक्तपुर छिर्ने मुख्य नाकाहरु सांगा र जडिबुटीमा सवारी साधनलाई निःसंक्रमण गर्ने कार्य गरेकोे बताउनुभयो । उहाँले स्वयंसेवकहरु खटाई कोरोना भाइरसका विरामी भेटिएका भक्तपुरका विभिन्न स्थानमा निसंक्रमण गर्ने कार्यहरु निरन्तर रुपमा गर्दै आएको पनि बताउनुभयो । रेडक्रस अभियान अन्तर्गत कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने कार्यमा खटिएका स्वयंसेवकहरुको सुरक्षालाई ध्यानमा राखी रेडक्रसले स्वास्थ्य बिमा गरिएको कुरा पनि सभापति थापाले जानकारी दिनुभयो ।