२१ बैशाख २०७७
भक्तपुर,
लिटिल वल्र्ड इङ्गलिश स्कूल दुधपाटी भक्तपुरले विद्यार्थीहरुको पढाइलाई निरन्तता दिन अनलाइन कक्षा संचालनको ब्यवस्था गरेको छ । विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना १९ संक्रमणको जोखिमका कारण भएको बन्दाबन्दीले विद्यालयहरु बन्द भएकोले विद्यार्थीहरुको लागि यसै हप्ताबाट अनलाइन कक्षा शुरु गरीसकेको छ । विद्यालयले केही वर्ष अघि देखिनै विद्यार्थीहरुको गृहकार्य तथा अन्य सुचनाहरु सम्प्रेषणको लागि शुरु गरीएको म्यासेन्जर तथा भाइबरलाई निरन्तरता दिदै अनलाइन कक्षा शुरु गरेको छ । गुगल क्लासरुमको माध्यमबाट विद्यार्थीहरुलाई सिकाई गराइने छ । विद्यार्थीहरुले अनलाइन कक्षामा राखिएको पाठ्यसामाग्री अध्ययन गरेर, श्रब्यदृष्य हेरेर गृहकार्य गर्ने र अपलोड गर्ने र आफ्ना समस्याहरु शिक्षक समक्ष राख्न सक्नेछन् ।
सुरुवाती चरणमा विद्यालयले कक्षा १० का विद्यार्थीहरुको लागि चैत्र १५ गते देखिनै शुरु गरीएको अनलाइन कक्षा क्रमिक रुपमा सबै कक्षाका विद्यार्थीहरुको लागि विस्तार गर्दै गइरहेको कुरा विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार श्रेष्ठले बताउनु भयो । अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउनको लागि विद्यालय लागि परेको कुरा बताउनुहुदै विद्यालयले बार्षिक परिक्षाको नतिजा प्रकाशन पनि आजै भाइबर मार्फत गरीसकेको जानकारी प्रधानाध्यापक श्रेष्ठले दिनुभयो । उहाँले यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा अनलाइन मार्फतनै संचालन गरिएको जानकारी दिनुहुदै लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि यस प्रकारका कक्षा संचालन सहयोगी हुने कुरा बताउनुभयो । विद्यालयले शैक्षिक सत्र २०७७ को लागि सरकारले निर्देशन गरेपश्चात भर्ना अभियान तत्काल शुरु गर्ने पनि जानकारी दिनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













