२१ बैशाख २०७७
भक्तपुर,
लिटिल वल्र्ड इङ्गलिश स्कूल दुधपाटी भक्तपुरले विद्यार्थीहरुको पढाइलाई निरन्तता दिन अनलाइन कक्षा संचालनको ब्यवस्था गरेको छ । विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना १९ संक्रमणको जोखिमका कारण भएको बन्दाबन्दीले विद्यालयहरु बन्द भएकोले विद्यार्थीहरुको लागि यसै हप्ताबाट अनलाइन कक्षा शुरु गरीसकेको छ । विद्यालयले केही वर्ष अघि देखिनै विद्यार्थीहरुको गृहकार्य तथा अन्य सुचनाहरु सम्प्रेषणको लागि शुरु गरीएको म्यासेन्जर तथा भाइबरलाई निरन्तरता दिदै अनलाइन कक्षा शुरु गरेको छ । गुगल क्लासरुमको माध्यमबाट विद्यार्थीहरुलाई सिकाई गराइने छ । विद्यार्थीहरुले अनलाइन कक्षामा राखिएको पाठ्यसामाग्री अध्ययन गरेर, श्रब्यदृष्य हेरेर गृहकार्य गर्ने र अपलोड गर्ने र आफ्ना समस्याहरु शिक्षक समक्ष राख्न सक्नेछन् ।
सुरुवाती चरणमा विद्यालयले कक्षा १० का विद्यार्थीहरुको लागि चैत्र १५ गते देखिनै शुरु गरीएको अनलाइन कक्षा क्रमिक रुपमा सबै कक्षाका विद्यार्थीहरुको लागि विस्तार गर्दै गइरहेको कुरा विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार श्रेष्ठले बताउनु भयो । अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउनको लागि विद्यालय लागि परेको कुरा बताउनुहुदै विद्यालयले बार्षिक परिक्षाको नतिजा प्रकाशन पनि आजै भाइबर मार्फत गरीसकेको जानकारी प्रधानाध्यापक श्रेष्ठले दिनुभयो । उहाँले यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा अनलाइन मार्फतनै संचालन गरिएको जानकारी दिनुहुदै लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि यस प्रकारका कक्षा संचालन सहयोगी हुने कुरा बताउनुभयो । विद्यालयले शैक्षिक सत्र २०७७ को लागि सरकारले निर्देशन गरेपश्चात भर्ना अभियान तत्काल शुरु गर्ने पनि जानकारी दिनुभयो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














