क्वारेन्टाइनबाट घर फर्कदै १सय ७५ विद्यार्थीहरु

भक्तपुर
फागुन १९ गते

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका १ सय ७५ जना विद्यार्थीहरु आज घर फर्केका छन् । फागुन ४ गते विहान देखि क्वारेन्टाइनमा राखिएका यी विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि आज उहाँहरुलाई बिदाइ गरी घर फर्काएका हुन । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले चीनको कोरना प्रभावति क्षेत्रबाट फागुन ३ गते ल्याएका नेपाली विद्यार्थीहरुको स्वास्थ्य पूर्णरुपमा ठीक भएको पाइएपछि आज सांझ तिनीहरुलाई विदाई गरेको बताउनु भयो ।
१ सय ७५ जना मध्ये ३० जनाले साँझ घर फर्किने अनुकुल बातावारण नभएको भनिएकाले उनीहरुलाई भोलि बिहान बिदाइ गर्ने र अरु १ सय ४५ जनालाई आज साँझ विदाई गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । बिदा लिइ घर फर्केका विद्यार्थीहरुले व्यबस्थापकहरुलाई धन्यवाद दिन्दै खुसी सात्दै घर फर्किएको उहाँले बताउनु भयो भने क्वारेन्टाइनमा रहेका भक्तपुरका दिगम्बर ख्वटेजाले क्वारेन्टाइनमा रहँदा हास्दै खेल्दै दिन बिताउने वातावरण रहेको भन्दै आफूहरुमा कोरनाको भाइरसको संक्रमण नभएको पुष्टि भएपछि आज साँझ घर फर्केको बताए । स्वास्थ्य परीक्षणको रिर्पोट आउने बितिक्कै दिउँसोबाटै सबै जना घर फर्किन तयारीमा जुतेकोे उनले बताए ।
अघाखाँची घर भई बुटबल बस्ने सरोज खनालको भने साँझ घर फर्किने अनुकुल नभएकाले भोलि बिहान प्लेन चढेर बुटवल जाने तयारीमा रहेको बताए ।
उहाँ जस्तै साँझ घर फर्किन नसकेका विद्यार्थीहरु भोलि मात्रै घर फर्किने भएको खनालले बताए । घर फर्कनलाई समेत बसको व्यवस्था भएकाले नजिकका र व्यवस्था भएका विद्यार्थीहरु आज साँझ नै फकिएका हुन ।

बुहान देखि भक्तपुर यात्रा : दिबंगर खोतेजासंगको कुराकानी आजको सन्दर्भ विचारमा