बाबुकाजीश्रेष्ठ
सिन्धुपाल्चोक, २२ पुस– सिन्धुपाल्चोकस्थित मेलम्चीनगरपालिका तिलगंगा सामुदायिक आँखा केन्द्रको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पुस ४ गतेदेखि आँखा शिविर संचालनगर्दै स्वास्थ्यचौकी दुवाचौर, एकृकीत स्वास्थ्य सेवा केन्द्र पिपले, इन्द्रवती जनसेवा समिति टिपेणी, हेलम्बू गाउँपालिकाकिउल, चिलाउनेघारी स्वास्थ्य केन्द्र हेलम्बू, स्वास्थ्यचौकी तिनधरे बाडे गाउँ , स्वास्थ्यचौकी सिपाघाटमा गरी आठ स्थानमा आँखा परीक्षण शिविर संचालनगरिएको थियो । सो शिविरबाट शल्यक्रियागर्नुपर्ने मोतियाविन्दु रोगीहरुको अपरेशनको लागि छनौट गरी पुस १२ र १३ गते तिलगंगाआ“खा प्रतिष्ठानको वरिष्ठ आ“खारोग विशेषज्ञ डा. सृजनाअधिकारीको नेतृत्वमा१५५ जनामहिलातथा पुरुषहरुको सफलशल्यक्रिया सम्पन्न गरेकाथिए ।उक्त शल्यक्रियामा ६० वर्षदेखि ९१ वर्षसम्मका जेष्ठ नागरिकहरु रहेका छन् । शल्यक्रियापछि आँखा देख्न सफल स्थानीयबासीहरुले डाक्टरसावएवं आयोजकहरुलाई धन्यवाददिनु भएको डा. अधिकारीले बताउनुभयो ।शल्यक्रियामा टाढाटाढाबाट आउनु भएकाविरामीहरुलाई बसाई र खानाको समेत व्यवस्थागरिएको कार्यक्रम संयोजक लक्ष्मण जोशीले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

कार्यक्रम संयोजककाअनुसार पुस १३ गते सोही स्थानमा बृहतनिःशुल्क स्वास्थ्यशिविर गरिएको थियो । स्वास्थ्यशिविरमाबालरोग, जनरल, छाती तथाक्षयरोग, हार्डजोर्नी र खकार परीक्षण गरी निःशुल्कऔषधीवितरण गरिएको थियो नेरेसो सिन्धुपाल्चोक शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेल बताउनुभयो ।
शिविरमासिन्धुपाल्चोकाविभिन्ननगर वा गाउ“बाट ४२२ जनामहिला, पुरुष र बालबालिकाहरुलेले स्वास्थ्य परीक्षण गरेकाथिएभने ४२ जनाले खकार परीक्षण गरिएको थियो । जिनएक्सपोर्ट परीक्षणकालागि७जनाको केन्द्रीयल्यावमा पठाएकोमाकुनैपनिपोजेटिभ नआएको नेपालक्षयरोग निवारण संस्थाभक्तपुर शाखाका सभापति रामसिख्वले जानकारी दिनुभयो ।
कार्यक्रममाअपाङ्गताभएको व्यक्तिहरुलाई सहजहुने हेतुले तिलगंगा सामुदायिकआँखा केन्द्र मेलम्चीलाई दाताहरुबाटप्राप्त ५ थानव्हिलचेयर सहयोगप्रदानगरिएको मेलम्ची न.पा. ११ वडाका वडाध्यक्ष रुद्रप्रसाददुलालले बताउनुभयो ।
कार्यक्रमको आयोजकहरुमातिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्ची, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, इन्द्रेश्वर उच्चमा.वि. मेलम्ची, मेलम्ची नगरपालिका, नेपाल क्षयरोग निवारण संस्थाभक्तपुर, पिन नेपाल, उपकार सेवा नेपाल रहेको कार्यक्रम संयोजकजोशी बताउनुभयो ।














