सिमा अतिक्रमण विरुद्ध मजदुर किसानद्वारा भारतीय दुतावास घेराउ

काठमाण्डौ, मंसिर २३ गते । नेपालको सिमा थिचोमिचोको विरोधमा नेपाल मजदुर किसान पार्टीले सोमबार भारतीय दुतावास घेराउ गरेको छ । सिमा अतिक्रमणको विरोध गर्दै रत्न पार्कबाट जुलुस सहित लैचौरस्थित भारतीय दुतावास घेराउ गरेका हुन । शान्तिपूर्णरुपमा आयोजना गरिएको सो विरोध सभामा हजारौ विद्यार्थी र सर्वधाराण समुदायको समेत सहभागिता रहेको थियो । लिम्पीयाधुरा, लिपुलेक, कालापानी लगायत देशका ७२ भन्दा बढी स्थानमा ६० हजार भन्दा बढी नेपाली भूमि भारतीय पक्षबाट अतिक्रण गरेकोप्रति विरोध गर्दै विरोध पत्र समेत बुझाएका थिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत भारतमा पर्ने गरी भारतले हालै जारी नक्साको खारेज एवं सिमा अतिक्रण बन्द गर्ने माग सहित नेपाल मजदुर किसान पार्टीले भारतीय दुतावास घेराउ गरेका हुन । सो विरोध प्रदर्शनीमा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवाल, सुनिल प्रजापति, किसान नेता दिल्लिप्रसाद काफ्ले, गोविन्द दुवाल,  प्रदेश ३का सांसद सुरेन्द्रराज गोसाई, सृजना सायंजू लगायतले नेतृत्व गरेका हुन ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले विरोध पत्र बुझाउँदै नेपाल र बेलायती–भारतबीच सन् १८१६ मा भएको सुगौलीसन्धीअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पश्चिमसम्मको भाग नेपालको भएतापनि कालापानीमा भारतीय सेनाको क्याम्प राखेकोमा विरोध गर्दै सेना हटाउनुपर्नेमा जोड दिए । भारतले कालापानीमा मात्र नभई भारतसँग सिमा जोडेका ७२ स्थानका ६० हजार भन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रम गरेकोले अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका हुन । ज्ञापन पत्र बुझ्दै भारतीय दुतावासका द्वितीय सचिव डा.अजय कुमारले नेपाली जनताका माग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याउने बताए ।

धर्ना कार्यक्रममा किसान नेता दिल्लिप्रसाद काफ्ले लिम्पियाधुरा कालापानी र लिपुलेकमाथि भारतले हस्तक्षेप गरी नेपालको र्सावभौमिकता माथि आच पुर्याको बताउँदै भारतीय विस्तारवादको विरोध गर्नु भयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना र्सैजूले नेपालको सीमानामा भारतले जबर्जस्ती रुपमा बाँध र ततबन्ध बनाइ वर्षेनी नेपाली भूमी डुबान र जनधनको क्षति भइरहँदा पनि नेपाल सरकार चुप लागेर बसेकोमा आपत्ति प्रकट गरिन् । उनले भनिन,‘यो सरकार भारतको गुलामी गर्न बसेको हो कि नेपाली भुभाग र सार्वभौमसत्ताको जगेर्ना गर्न बसेको ?’


दुतावास घेराउ गर्दै भारतीय हस्तक्षेप बन्द गर, भारतको नक्सा खारेज गर, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, लिम्पियाधुरा हाम्रो हो, सुस्ता पनि हाम्रै हो, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाइएको थियो ।