संघको नवनिर्मित भवनको उद्घाटन
भक्तपुर १९,

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अबसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नवनिर्मित भवनको उद्घाटन मिति २०७८ असार १९ गते सम्पन्न भएकोछ । उद्घाटन समारोहका प्रमुख अतिथि वागमति प्रदेश सहकारी महाशाखा रजिष्ट्रार विक्रम पाण्डेले भवनको उद्घाटन गर्दै संघको आफ्नै भवन निर्माण गरी सहकारी अभियानमा उदाहरणीय कार्य भएको बताउनुभयो । वहाँले भवन निर्माणले संघको दिगो विकासको लागि टेवा पुग्ने विचार व्यक्त गर्दै सहकारी संघ संस्था स्वनियममा संचालन हुने भएकोले संघले आबद्ध सदस्यलाई अनुमन गनुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि कैलाश भक्त प्रधानांगले संघले भवन निर्माण गरी आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्दै भवनले सक्षम नेतृत्वको उदाहरण दिएको बताउनुभयो । वहाँले नगर स्तरीय संघहरु गठनप्रति चिन्ता व्यक्त गर्दै बेलामै सचेत हुनुपर्ने विचार राख्नु भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सभापतित्व ग्रहण गर्दै भवनले संघको दिगो सहकारी विकासका लागि संघ भन्ने परिकल्पनालाई टेवा पु¥याउने विचार राख्नुभयो । वहाँले संघले संघमा आबद्धताको लागि ऐनमै अनिर्वाय गर्नुपर्ने, संघिय, प्रदेश र स्थानिय तहका सहकारी ऐनमा बाँझिएका कुराहरु शंशोधन गरी एकरुपता ल्याउनुपर्ने कुरा बताउनुभयो । संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले जिल्लाका सक्रिय समुदायमा आधारित सहकारी संस्था सबैलाई आबद्ध गर्नुपर्ने विचार राख्नुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले स्थापनाकाल देखि नै संघको स्पष्ट उद्देश्य भएको र आत्मनिर्भतालाई जोड दिएको विचार व्यक्त गर्नुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्नुहुर्दै संघको भवन निर्माणको विवरण प्रस्तुत गर्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको हालको संक्षिप्त परिचयको प्रस्तुतीकरण गर्नुभयो । संघका संचालक काजीबहादुर पंचले संचालन गरेको सो कार्यक्रममा कोभिडको स्वास्थ्य मापदण्ड पालना गरी सिमित व्यक्तिहरुको उपस्थितिमा समिति उपसमिति, कर्मचारी गरी ३२ जनाको उपस्थिती रह्यो ।












