भक्तपुर नगरपालिकाद्वारा बजेट तर्जुमाको लागि सहकारीकर्मीहरूबाट राय सुझाव संकलन
२०७८ जेठ २३ गते, आइतबार
भक्तपुर नगरपालिकाको आयोजनामा आ.व. २०७८÷७९ को बजेटका लागि सहकारी क्षेत्रको विकास, विस्तार र क्षमता अभिवृद्धिका साथै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने हिसाबले के कस्तो क्षेत्रलाई बजेटमा प्राथमिकतामा राख्ने विषयमा आइतबार सहकारीकर्मी तथा सरोकारवालाहरूको बैठक अनलाइनमार्फत सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाका जनप्रतिनिधिहरूले यो महामारीलाई जनताको सेवा गर्ने अवसरको रुपमा लिएर सेवा गर्ने भावनाले जनप्रतिनिधि, कर्मचारीहरू निरन्तर खटिरहेको बताउनुभयो ।
उहाँले राजनीतिक कार्यकर्ताहरू जस्तोसुकै प्रतिकुलतालाई पनि अनुकूलतामा रुपान्तरण गर्दै अवसरको रुपमा अझ बढी जनताको सेवा गर्ने भावनाबाट प्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तथा अन्य स्वास्थ्य सामाग्रीहरू व्यवस्था गर्न नगरपालिकाले जनस्तरबाटै सहयोगको लागि आह्वान गर्दा निकै उत्साही ढंगबाट सबैको सहयोगले साढे चार करोडभन्दा बढी रकम जम्मा हुनु उदाहरणीय कार्य भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
जनताको साथ र सहयोग पाएर जनप्रतिनिधिहरूको आत्मबल बढेको र अझ जिम्मेवारीपूर्वक जनताको सेवा गर्न प्रेरणा मिलेको बताउनुहुँदै उहाँले आर्थिक वर्ष २०७८÷७९को बजेट निर्माणमा सहकारीहरूको तर्फबाट रचनात्मक राय—सुझाव पेश गर्न अनुरोध गर्नुभयो ।
ख्वप अस्पताल कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले भक्तपुर नपाभित्रका कोभिड संक्रमितहरूको अवस्थाबारे अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकामा पहिलो र दोस्रो लहर गरी २०७८ जेठ २१ गतेसम्ममा ३ हजार ७ सय ५४ जना संक्रमित रहेको र ६० जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
ख्वप अस्पताल कोभिड युनिटको जनशक्ति परिचालन, चिकित्सक व्यवस्थापन, सेवा सुविधालगायतका गतिविधिहरूबारे जानकार गराउनुहुँदै उहाँले कोभिड युनिटमा दोस्रो लहर सुरु भएदेखि आजसम्ममा १९० जनाको उपचार सेवा प्रदान गरिसकेको र हाल २६ जना संक्रमितहरू उपचारको क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी सहकारी संस्थाहरूका प्रतिनिधिहरूले सहकारी संस्थासँग साझेदारीका काम, संस्थागत विकास र सुशासनसम्बन्धी तालिमलाई निरन्तरता दिनुपर्ने, सहकारी ऐनबारे सहकारीकर्मीसँग छलफल गर्नुपर्ने, सहकारी संस्थाहरूको अनुगमन अगाडि बढाउनुपर्ने, उत्पादनमूलक क्षेत्रहरूमा लगानी बढाउनुपर्ने, निक्षेप संकलन र ऋण वितरणमा अनुगमन हुनुपर्ने, सहकारीहरूले स्तरीय बीऊ उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने, सहकारीहरू मिलेर चिस्यान केन्द्र बनाउनुपर्ने, आदर निकेतन व्यवस्था गर्न सहकारीहरूले योगदान गर्न वातावरण तयार गर्नुपर्ने, सहकारीहरूबाट सामूहिक खेती गर्नुपर्ने, सहकारीसँग समन्वय गरी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने, सहकारी व्यवस्थापन तालिम तथा गोष्ठीलाई निरन्तरता दिनुपर्नेलगायतका राय–सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन भक्तपुर नपा सहकारी समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले गर्नुभएको थियो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












