एड्भान्स एक्सेल तालिम शुरु
जेष्ठ ५, गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा अनलाइन एक हप्ते एड्भान्स एक्सेल तालिम शुरु भयो । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कोभिड १९ को महामारीको रोकथाममा सहकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । सहकारीले स्थानीय सरकारहरुलाई सहयोग जुटाउने र घरमा बस्दा समयको सदुपयोग हुने तालिम दिएको कुरा राख्नुभयो । वहाँले यस विषम परिस्थीतीमा सदस्यहरुको स्वास्थ्य सचेता र हेरचाहको लागि सहकारी संस्थाले निरन्तर साथ सहयोगमा भुमिका खेल्नुपर्ने विचार राख्दै संघले तालिम शिक्षालाई प्राविधिमार्फत निरन्तरता दिइहेको कुरा राख्नुभयो । प्रविधिको प्रयोग गर्दै प्राविधिक तालिमले व्यक्तिको क्षमता अभिबृद्धिसंगै सहकारीको कार्यक्षमतामा वृद्धि हुने विचार व्यक्त गर्नु भयो ।
संघका सचिव एवं उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिमको संयोजन गर्दै संघको बार्षिक कार्यक्रम अन्तर्गत रहेको एड्भान्स एक्सेल तालिम संस्थाहरुमा कार्यरत कर्मचारीहरुको कार्य दक्षता अभिवृद्धि गर्न संचालन गर्दै आएको कुरा बताउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै सहभागीहरुलाई स्वागत गर्नुभयो । तालिम पुर्णतया अभ्यासमा आधारीत भएकोले व्यक्तिगत ज्ञान, सिप र कार्यक्षमतामा बृद्धि भई संस्थाको कार्य कुशलतामा सहयोग पुग्ने विचार राख्नुभयो । सहजकर्ता विश्वराम मचामसीले सहजिकरण गरेको सो तालिममा १९ जनाको सहभागिता रह्यो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













