प्रत्येक ३० सेकेन्डमा एक मधुमेही ब्यक्तिले आफ्नो खुट्टा गुमाईदैंः सन्दर्भ विश्व मधुमेह दिवस

कार्तिक २८ गते, काठमाडौं ।
मधुमेह बाट परिवार सुरक्षित गरौं भन्ने मुल भाव अनुरुप नेपालमा पनि विश्व मधुमेह दिवस मनाउदै छ । हरेक वर्ष नोवेम्भर १४ तारिखका दिन संसारभर यो दिवस मनाउनेक्रममा नेपालले छैटौ पट यस वर्ष सप्ताहव्यापीरुपमा मनाउँदैछन् । मधुमेहको आँखामा असरलाई ध्यान दिन्दै तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २४ देखि ३० गते सम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाइरहेको छ । यस अन्तर्गत मधुमेहको आँखामा असर सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ । साथै मधुमेहका विरामीलाई कार्तिक २८ गतेका दिन तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको छ । यस बर्षको डायवेटिक रेटिनोप्याथी दिवस पनि मधुमेह बाट परिवार सुरक्षित गरौं, अन्धोपनबाट बचौं भन्ने नाराका साथ निरन्तर छैटौं बर्ष को रुपमा मनाईदै छ ।


अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने हुन्छ । मधुमेह लागेका ब्यक्तिमा ह्रदय रोगको जोखीम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मृगौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही ब्यक्तिले आफ्नो खुट्टा गुमाई रहेका छन् , तिलगंगा खाँखा प्रतिष्ठानले विश्व मधुमेह दिवसको अवसरमा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खानपिन र व्यवहारमा आएको परिवर्तनले मधुमेह रोगको संक्रमण बढी रहेको विज्ञहरुको धारणा छ । विगतमा ४० वर्षपछि मात्रै लाग्ने भनिएको यस रोग आज भोली ससाना नानीबाबुहरुमा पनि देखापर्न थालेको छ । मधुमेह रोग आफैमा जति सम्बेदनशिल छ यो रोगको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिन्छ । जस्तो कि दोश्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधोउपचारका माध्यमबाट सजिलै ५०५ भन्दा बढिमा रोकथाम गर्न सकिन्छ । त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षा प्रतिको भुमिकालाई व्यापक बनाउने अभियान अनुरुप यस बर्ष ‘मधुमेह बाट परिवारलाई सुरक्षित गरौं ’ भन्ने नाराका साथ विश्व भर मनाईदै छ ।
डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ । संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ । मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोप्याथी” सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोप्याथी दिवस” मनाउदै आएको छ ।
मधुमेह रोगको पहिचान हुनासाथ आँखा डाक्टरको सल्लाह अनुसर नियमित रुपमा आँखा परिक्षण गराऔ । समयमै मधुमेह रोग र यसबाट हुनसक्ने असरहरुका बारेमा आफू पनि सचेत बनौ र आफ्नो परिवरलाई पनि सचेत गराआंै, तिलगंगा आँखा केन्द्रले समुदायमा आग्रह गर्दै यो दिवसको अवसरमा प्रभातफेरी, निःशुल्क टिकट वितरण गर्दै मधुमेहको उपचार तथा परामर्श दिने कार्यक्रमलाई यसपालि प्राथमिकतामा राखेको तिलगंगा आँखा केन्द्र भक्तपुर जनस्वास्थ्य केन्द्र भक्तपुरका प्राविधिक भोजराज पोखरेलले जनसञ्चार खवरलाई जानकारी दिएको छ ।