अबैध घरेलु मदिरा भट्टी प्रहरी नियन्त्रणमा
भक्तपुर, माघ ५ गते
झौखेलमा सञ्चालित अबैध घरेलुमदिराको भट्टीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर २ स्थित झौखेलमा सञ्चालित अबैध घरेलु मदिरा बनाउने भट्टीलाई सोमबार दिउँसो महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो । ब्यासी प्रहरी प्रभाग भक्तपुरबाट प्र.ना.नि. बीरबहादुर भण्डारीको कमाण्डमा परिचालित २० जना प्रहरीको टोलीले सो भट्टीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले भट्टीलाई चारैतिर घेरेर भट्टी रहेको घर टहराका धनि लक्ष्मीप्रसाद सुजखुलाई नियन्त्रणमा लिएको छ । भट्टी रहेको घर टहराबाट तयारी रक्सी ५ सय लिटर, तयारी कञ्चा पदार्थ ४ हजार लिटर, मदिरा बनाउने मेटलका भाडाहरु, माटाका भाडाहरु समेत बरामद गरी थप अनुसन्धान र कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जनाएको छ।












