च्याम्हासिंह ध्वाकामा झण्डातोलन

भक्तपुर, जेष्ठ ६ गते
भक्तपुरको ऐतिहासिक च्याम्हासिंह ध्वाका (प्रवेशद्वार) पुर्ननिर्माण कार्य पूरा गरी मंगलबार झण्डातोलन गरेकोे छ । २०७२ सालको भूकम्पले भत्किएको सो ध्वाकाको पुर्ननिर्माण भक्तपुर नगरपालिकाको ३९ लाख लागत इष्टिमेटमा भएको हो । स्थानीय जनसमुदायको श्रमदानमा ऐतिहासिक च्याम्हासिंह ध्वाकाको सोमबार छाना छाउने कार्य सुरु गरेको थियो भने आज छानाको काम सम्पन्न गरी झण्डातोलन गरेको च्याम्हासिंह पुर्ननिर्माण उपभोक्ता समितिका प्रेम प्रजापतिले जनाएका छन् । पूर्वतर्फबाट ऐतिहासिक नगरी भक्तपुर प्रवेश गर्ने सो ध्वाकाको परम्परागतशैलीमै पुर्ननिर्माण गरिएको होे । उपभोक्ता समितिका अध्यक्ष गंगाराम प्रजापतिका अनुसार प्रवेशद्वार बलियो बनाउनका लागि परम्परागत शैलीमै काठको बुटेदार चौकोस र बन्दनहरु राखेर सो ध्वाका निर्माण गरेको बताउनु भयो । गतसाल भाद्र महिना देखि निर्माण थालिएको सो ध्वाकाको पुनर्निर्माण लक डाउन सुरु भएसँगै रोकिएको थियो । सो ध्वाकाको पुर्ननिर्माण कार्य वर्षा सुरु हुनुपूर्व सम्पन्न गर्न आवश्यक भएकाले लक डाउनका बीच पनि निर्माण कार्य सुचारु गरेको थियो ।