आखिर किन
जनताको जनादेशलाई आखिर तोडेर छोड्यौ
मध्यावधी चुनावमा देश लाई आखिर मोडेर छोड्यौ
रोग र भोकले जनता सिथिल भएको यस बेला
तिम्रो पार्टी भित्र काे कु लाई आखिर गोडेर छोड्यौ
विकाश गर्ने समय मा आज चुनाव गर्दै ठिक्क भयो
पाटीभित्रका कर्तुत लाई सबको सामु फोडेर छोड्यौ
संविधानको धाराकाे गलत प्रयोग गरेर देशलाई
अशान्ति र किचलो सरी चुनावमा जोडेर छोड्यौ
एउटै पाटीभित्रै भएको स्वार्थको गुटबन्दीमा
मध्यावधीको काँडे बाटो आखिर रोजेर छोड्यौ
जुनु ढकाल
नागरिक समाज प्रतिनिधि
२०७७ पुस ७
काठमाडौं ।














