श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २१औं बार्षिक साधारण सभा सम्पन्न ।
भक्तपुर, मंसिर २७ गते
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २१औं साधारण सभा तथा आठौं अधिवेशन २०७७ मंसिर २७ गते शनिबारका दिन भक्तपुर पार्टी भेन्यू , गःपलीमा संस्थाका बयोबृद्ध सदस्य कृष्ण बहादुर लेभाजुको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । कोभिड –१९ महामारीको कारणले सामाजिक तथा भौतिक दुरीमा सिमित सदस्यहरुको सहभागितामा भएको २१औं बार्षिक साधारण सभा मंसिर २७ गते संस्थाका अध्यक्ष श्री बलराम प्रजापतिज्यूको सभापतित्वमा सम्पन भएको छ ।
बिशेष अतिथि हरि बल्लले सहकारी ऐन २०७४ ले सहकारी अभियानलाई अगाडी बढाउन सहयोग पुगेको धारणा राख्नु भयो । सहकारी ऐनमा राम्रा पक्ष र नराम्रा पक्ष पनि भएको बताउनु भयो । ऐनमा भएको ऋण असुली न्यायाधिकरण र कालो सूचिमा राख्ने व्यवस्था राम्रो भएको तर एक व्यक्ति एक सहकारी ऐनले समस्या ल्याउने हुँदा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सम्बधित निकायमा संशोधनका लागी लेखि पठाएको ब्यहोरा जानकारी दिनुभयो । समुदायमा आधारित संस्थाहरुले महामारी जस्तो दुःखको बेलामा पनि घरदैलो सेवा दिएको तर गैर सामुदायिक संस्थाहरुले दुःखमा आफ्नो दायित्व पुरा नगरेको हुँदा सदस्यहरुले सामुदायिक र गैर समुदायिक संस्था पहिचान गरी समुदायमा आधारित सहकारी संस्थामा मात्र सदस्य हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा संस्थाका बयोबृद्ध सदस्यलाई दोसल्ला ओढाई सम्मान गरियो । साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी , क्।भ्।भ् दिएका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट २ जना विद्यार्थीहरुलाई पनि सम्मान तथा प्रशंसा– पत्र वितरण गरियो । कार्यक्रमबाट आठौं कार्यकालको लागि श्री विश्वराम त्वायनाज्यूको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति तथा श्री रुमन श्रेष्ठज्यूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निबिरोध निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक श्री राम प्रसाद प्रजापति ज्युले घोषणा गरि २१औं बार्षिक साधारण सभा सिमित सदस्यहरु राखि सामाजिक सुरक्षा का उपायहरु अवलम्मन गरि सभ्य र भब्य रुपमा सम्पन्न गरियो ।












