भक्तपुरमा कोरोना संक्रमित ३,३५१, मृत्यु ३७ जना र सक्रिय संक्रमित १,५५२ जना
भक्तपुर, असोज २६ गते
कोरोना भाइरसबाट भक्तपुर जिल्लामा ३,३५१ जना संक्रमित भएका छन् । ५,९०४ जना महिला र ८,९७७ जना पुरुष गरी १४,८८१ जनाको पीसिआर परीक्षण गर्दा १,४५४ महिला र १,८९७ गरी ३,३५१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमितहरु मध्ये ७६२ महिला र १,००० पुरुष गरी १७६२ जना कोरोना मुक्त भएपछि अहिले ६८२ महिला र ८७० पुरुष गरी १,५५२ सक्रिय संक्रमित रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार संक्रमित भएका मध्ये १० महिला र २७ पुरुष गरी ३७ जनाको निधन समेत भइसकेको छ ।
हाल सक्रिय संक्रमितहरु मध्ये १२२ महिला र २१३ पुरुष गरी ३३५ जना विभिन्न अस्पतालहरुको आइसोलेसनमा रहेका छन् भने ५६० महिला र ६५७ पुरुष गरी १२१७ होम आइसोलेसनमा छन् । यो अवधिमा भक्तपुरका १९१ महिला र ६४ पुरुष गरी २५५ जना स्वास्थ्यकर्मी तथा ३० महिला र २४१ पुरुष गरी २७१ सुरक्षाकर्मीहरु समेत कोरोना संक्रमित भएका छन् ।
संक्रमित ४३१ महिला र ५६६ पुरुष गरी ९९७ मा लक्षण सहितको कोरोना भाइरस लागेको छ ।
जिल्लामा सबै भन्दा बढी मध्यपुर थिमी नगर क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म १,२२३ जना संक्रमित भएका छन् त्यसपछि भक्तपुर नगरपालिकामा ९०५ जना संक्रमित भएको छ । सूर्यविनायक नगरपालिकामा ८४५ र चाँगुनारायण नगरपालिकामा ३३१ जना मात्र संक्रमित छन् । संक्रमितहरु मध्ये मध्यपुर थिमी नगरपालिकाका ७१३, भक्तपुर नगरपालिकाका ५०९, सूर्यविनायक नगरपालिकाका ३६१ र चाँगु नारायण नगरपालिकाका १७९ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार अहिले सक्रिय संक्रमित भक्तपुर नगरपालिकामा ३८५, चाँगुनारायण नगरपालिकामा १५१, मध्यपुर थिमी नगरपालिकामा ५१५ सूर्यविनायक नगरपालिकामा ४७६ र अरु ४७ जना गरी ८९३ महिला र ६८१ पुरुष गरी १,५७४ जना रहेका छन् ।
संक्रमितहरु मध्ये भक्तपुर नगरपालिकाका ११, चाँगुनारायण नगरपालिकाका १, मध्यपुर थिमी नगरपालिकाका १७ र सूर्यविनायक नगरपालिकाका ८ गरी २७ पुरुष र १० महिला गरी ३७ जनाको निधन भइसकेको छ ।
स्वास्थ्य कार्यालय भत्तपुरको पछिल्लो जानकारी अनुसार हाल भक्तपुर नगरपालिकाका ९१, चाँगु नपाका ३५, मध्यपुर थिमी नपाका १०३ र सूर्यविनायक नपाका ७८ जना गरी २९३ पुरुष र १०४ महिला सहित ३०७ अस्पतालको आइसोलेसनमा छन् भने भक्तपुर नपाका २९४, चानपाका ११६, मध्यपुर थिमी नपाका ४१२ र सूर्यविनायक नपाका ३९८ जना गरी ६९० पुरुष र ५७७ महिला सहित १,२६७ जना होम आइसोलेसनमा रहेका छन् ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














