भक्तपुरका एक वृद्धा सहित ११को मृत्यु, १,४४७ कोरोना मुक्त
भक्तपुर, असोज ३ गते
पछिल्लो २४ घण्टामा गरिएको १० हजार ३ सय ३३ पीसीआर परीक्षणकोक्रममा १ हजार २०४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको दैनिक प्रेस रिलिजमा काठमाण्डौ उपत्यकामा मात्रै संक्रमितको संख्या ७११ जना रहेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरका ८३ जना सहित उपत्यकामा ७११ एवं देशभर १,२०४ जना थप संक्रमित भएका हुन । योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । गत २४ घण्टामा १ हजार ४४७ जना संक्रमित कोरोना मुक्त भएपछि कुल संक्रमण मुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेका छन् ।
उपत्यकाका थप संक्रमित ७११ जना मध्ये भक्तपुरका ३७ महिला र ४६ पुरुष गरी ८३ जना, ललितपुरका ३० महिला र २८ पुरुष सहित ५८ जना र काठमाण्डौका २११ महिला र ३५९ पुरुष गरी ५७० जना रहेका छन् । भक्तपुरका ९० वर्षीय एक बृद्धा सहित ११ जना थप संक्रमितको मृत्यु भएपछि कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७३५ जना छन् ।
Featured Posts – Style 1
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
2026-04-21 Comments Off on भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबारभक्तपुर, ८ वैशाखः नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना...
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...












