शनिवार ४६८ जना संक्रमित, ३ जनाको मृत्यु
काठमाण्ठौ, श्रावण ३१ गते
कोरोना भाइरसबाट शनिबार ४ सय ६८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने थप ३ जना पुरुषको मृत्यु भएको पुष्टि गर्दै देशभर कोरनाका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको जनाएको छ । शनिबार मृत्यु पुष्टि भएका तीन जना पुरुषहरु कपिलबस्तु, पर्सा र धनुसाका रहेका छन् । २६ हजार कुल संक्रमित मध्ये ८ हजार १९३ जना सक्रिय संक्रमितहरु उपचारमा रहेको उल्लेख गर्दै मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले ९८ जना आइसियू, ४ जना भेन्टिलेटरमा, ५२३ जना आसोलेशनमा रहेको बताउँदै हाल १४ हजार ४४८ क्वारेन्टिनमा रहेको पनि बताउनु भयो । शनिबार एक्कै दिन १ सय २४ जना कोरना मुक्त भएका छन् । अहिलेसम्म कोरना संक्रमण मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेको उहाँले बताउनु भयो । प्रति १० लाखमा कोरोना परीक्षण १७ हजार ३२८ ले भएको जनाउँदै यसमा कोरोना मुक्त हुने दर ६६.१ प्रतिशत र मृत्यु दर ३.४ प्रतिशत रहेको पनि जनाएको छ । शनिबार ११ हजार ४७ जनाको पीसिआर परीक्षणको नतिजाले ४६८ जनामा कोरोना पोजेटिभ आएको उल्लेख गर्दै प्रवक्ता गौतमले पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुले कम्तिमा ५ दिनपछि मात्रै पीसिआर चेक गराउन तथा चेक जाँचको नतिजा नआएसम्म घरमै रहन पनि आग्रह गर्नु भएको छ ।
देशभर ५ लाख ५ हजार ६६० जनाको पीसिआर परिक्षण गरिसेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका ५ वटा जिल्लाहरु काठमाण्डौ, पर्सा, मोरंग, रौतहत र महोत्तरी रहेका छन् भने संक्रमण सून्य रहेका जिल्लाहरु पनि ५ वटा रहेका छन् । ति जिल्लाहरु संखुवासभा, मनांग, मुस्तांग, डोल्पा र हुम्ला रहेका छन् ।
देशका विभिन्न क्षेत्रमा उपचारमा रहेका चिकित्सकहरुलाई दुब्यर्वहार भइरहेको खवरहर आइरहेको भन्दै प्रवक्ता गौतमले स्वास्थ्यकर्मीलाई दुर्ब्यबहार नर्गन आग्रह गर्नु भयो । दुर्ब्यबहार भएमा कानुनी कार्वाही गर्ने चेतावनी पनि दिनु भयो भने कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखि सभा गोष्ठि, सेमिनार नगर्न पनि आग्रह गर्नु भयो । उहाँले देशभरका मेडिकल कलेजहरुलाई एक तिहाई बेडहरुलाई कोभिड १९ संक्रमितहरुको ततकाल उपचारको लागि छुत्याइ राख्न पनि निर्देशन दिनुभयो ।












