विद्युतको महशुल बुझाउनेको महोल बढ्दो, गुनासो भए कार्यालय प्रमुख कहाँ आउन आग्रह

विद्युतको महशुल बुझाउनेको महोल बढ्दो, गुनासो भए कार्यालय प्रमुख कहाँ आउन आग्रह

भक्तपुर, असार १५ गते

४० हजार ग्राहक भएको विद्युत प्राधिकरण भक्तपुरमा  विद्युत महशुल बुढाउनेको माहोल बढेको छ । लक डाउन खुकुलो भएपछि हरेक दिन विहान १० बजे देखि दिनको ३ बजेसम्म महशुल बझ्दै आएको प्राधिकरणले ग्राहकको हुल व्यवस्थापनका लागि साबुन पानीले हात धुने व्यवस्थाका साथै सामाजिक एवं भौतिक दुरी कायम हुने गरी लाईनमा राखेर महशुल बझ्दै आएको प्राधिकरणका कार्यालय प्रमुख राजकुमार रमणले जनाएको छ । घण्टौ लाइनमा बसेर महशुल बुझाउन ग्राहकलाई गाह्रो भएको गुनासो आएपछि ईसेवाबाट पनि सुल्क बुझाउन सकिने जानकारी दिदै उहाँले जेष्ठ महिनासम्मको महसुलमा अतिरिक्त शुल्क नलाग्ने तथा छुटको समेत व्यवस्था रहेकाले ग्राहकको चाप बढेको उल्लेख गर्नु भयो । चैत्र ११ गते पछिको लक डाउनले र यस आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि महशुल बुझाउने ग्राहकको संख्या उल्लेखनीय बृद्धि भएको उहाँले जनाएको छ ।
लक डाउनमा अति आवश्यक सेवा मात्र दिइरहेको प्राधिकरणले अहिले नियमित सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले आफू कार्यालय प्रमुख भएर आएको ९ महिना देखि जनगुनासोको सुनुवाई गर्दै आएको भए पनि कतिपय सञ्चार माध्यमले आफूसँग सम्पर्क नै नगरी लोड सेरिग सम्बन्धि समाचार प्रशारण भइरहेको देखेर अचम्म लागि रहेको बताउनु भयो । लक डाउनमा पनि सुरक्षित तवरले सेवा दिन्दै आएको प्राधिकरणले संभव भएसम्म जनगुनासो समाधान तत्काल गर्दै आएको उहाँले बताउनु भयोे ।

सूर्यविनायक पाण्डुबजारस्थित एक दुवाल परिवारको घरसँगैको पोल ढल्कदै घरसम्म थोकिन आएको छ । प्राधिकरणमा निवेदन दिएको पनि वर्षौ भयो । वडा कार्यालयबाट निवेदन दिएको पनि वर्ष दिन बितिसक्यो । पीच बाटो बिर्गानुपर्ने भएकाले सडक विभागको स्वीकृति चाहिने भन्दै ढल्केको पोल सुधार गरी नदिएपछि उहाँको परिवारमा चिन्ता छाएको छ । पोलबाट इन्सुलेन्स भएको तार लगिएको भएपनि सोही पोलबाटै वरपरका घरमा विद्युत बाडिएको ज्वाइन बक्ससहित विभिन्न केबुल तथा इन्टरनेटसेवा प्रदायक निकायको तारहरु रहेकाले आग्लागि भयो भने घरमै आगो लाग्न सक्ने भएकाले परिवारजनमा थप चिन्ता छाएको पीडितहरुको भनाई छ ।
फर्निचरको पसल, त्यसमाथि आरम्भ कृषि सहकारीको कार्यालयसँगै माछापुच्छे बैंकको शाखा कार्यालय त्यसको अगाडी नविल बैंकको शाखा कार्यालय समेत रहेकाले सो घरमा थोकिएको पोलबाट आग्लागि भयो भने धनजनको क्षति हुन सक्ने विषयमा स्थानीयले पत्रकार कृष्ण किसी, रेणु त्वायनावासु र सुरेश सैंजूलाई गुनासो गरेपछि त्यसको सुनुवाईका लागि प्राधिकरण प्रमुख रमणलाई मंगलबार ध्यानाकर्षण गराएको छ । पत्रकारहरुले गरेको जनगुनासो सामान्य भए पनि जोखिम व्यवस्थापनसँग जोडिएकोले तत्काल समाधानको लागि प्राविधिक टोली परिचालन गर्ने उहाँले बताउनु भयो । पीडित परिवारले निवेदन दिएर चुपलागेर बसेकाले अहिलेसम्म समाधान नभएको बेला पत्रकारहरु स्वयंले भनेपछि आज भोली नै त्यसको समाधान गरिदिने बताउनु भयो । प्राधिकरणका प्राविधिक महेन्द्रकुमार दासलाई सो समस्या समाधानको लागि निर्देशन दिन्दै कार्यालय प्रमुख रमणले विद्युत सेवा सम्बन्धि केही गुनासो भए आफू कहाँ आउन पनि आग्रह गर्नु भयो ।