भक्तपुर जिल्ला फुटबल संघ बिघटन विरुद्ध एन्फा अपिल कमितिमा अपिल पेश

भक्तपुर, १४ असार । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व फुटबल खेलाडी एवम् भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजातिको नेतृत्वमा एन्फा अपिल कमितिमा भक्तपुर जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले असार २ गतेको बैठकले एन्फाको विधान विपरित विघटन गरी तदर्थ समिति गठन न्यायसम्मत नभएकोले महासचिब ईन्द्रमान तुलाधरलाई एन्फा कमप्लेक्स सातदोबाटोमा एक समारोह बीच आईतबार अपिल पेश गर्नुभयो ।
अपिल पेशको क्रममा एन्फा महासचिव इन्द्रमान तुलाघरले अपिल समिति नै गठन पूर्णता नभएकोले अपिल कमितिमा पेश नगरेपनि हुने बताउनु भयो । साथै उहा“ले भक्तपुर र एन्फा भित्रको राजनीति चलखेलले यो घटनाक्रमको सृजना भएको बताउनु भयो । उहा“ले एन्फाले संघ विघटन गर्न नहुने स्विकार्दै भक्तपुरले न्याय पाउने बताउनु भयो ।
भक्तपुरका उपाध्यक्ष सुनिल प्रजापतिले अपिल कमितिबाट एन्फा विधान विपरितको निर्णय भएकोले अपिल कमितिबाट न्याय पाउने आशा व्यक्त गर्नुभयो । उहा“ले प्रजातान्त्रीक तवरले निर्वाचित व्यक्तिले हिटलरवादी व्यवहार भएको अनुभव हुन थालेको बताउ“दै महासचिव इन्द्रमान तुलाघर र संजिब मिश्र लगायतका एन्फाका पदाधिकरीहरुले भक्तपुर जिल्ला विघटन गर्न नहुने पक्षमा रहेको कुरा व्यक्त गरेको बताउनु भयो ।
त्यस्तै भक्तपुर जिल्ला संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले एन्फामा भईरहेको भष्ट्राचार, नातावाद, कृपावादको विरुद्ध शसक्त प्रतिपक्षको भुमिका निभएकोले भक्तपुरलाई निषेधको राजनीति गरेको बताउनु भयो । उहा“ले फिफा कंग्रेसमा एनआरएनलाई सहभागी गराएको सम्बन्धमा, विश्वकप टिकट सम्बन्धमा, महिला र पुरुष खेलाडीको भत्ता विभेद बारे, फुटबल प्रशिक्षक ग्यातुकी कोजीको ओभरस्टे बारे र बिकासको नाउंमा नातावाद, कृपावाद, भष्टाचार र लुततन्त्र भईरहेको उदाहरण भर्खरै सम्पन्न विश्व कप फुटबल प्रतियोगिताको टिकटबाट पुष्टि भएको हामीलाई अनुभव भईरहेको साथै बिश्वकपको टिकट एन्फालाई आएको छ छैन छ भने कसरी बितरण गरियो ? त्यो संगै फुटबल विकासमा लाग्नेहरु र जिल्लामा किन बितरण गरिएन र केन्द्रीय समितिका केही सदस्यहरुका परिवार परिवार बिश्वकप हेर्न गएको समाचारहरु पनि आयो त्यसैले नातावाद कृपावाद भएको अनुभुति भएकोले साधारणसभामा भक्तपुरले आवाज उठाएकोले आ“खाको कसिंगर सम्झेर विघटन गरेको विधान विपरित छ भन्नुभयो ।
त्यस्तै जिल्ला संघका सदस्य रधु प्रजापतिले प्रजातान्त्रीक पद्धतिबाट आएका पदाधिकारीहरुको व्यवहार हिटलरवादी प्रबृति देखिएको उदाहरण हो जिल्ला संघ विघटन जुन एन्फाको विधान विपरित छ भन्नुभयो ।
त्यस्तै जिल्ला सदस्य इन्द्र प्रसाद राजलवटले जिल्ला संघ विघटनले फुटबल प्रेमी युवाहरु र खेलाडीहरु आक्रोशित भएको बताउ“दै ईंट्टको जवाफ पत्थरले दिनु पर्ने बताउनु भयो ।
अपिल कमितिमा दिएको पत्र यहा“ पेश गरेको छु ।

 

 

मिति ः २०७७।३।१० गते
श्रीमान संयोजकज्यू,
अपिल कमिति,
अखिल नेपाल फुटबल संघ
सातदोबाटो, ललितपुर ।

बिषयः– एन्फा कार्यसमितिले विधान विपरित यस फुटबल संघलाई विघटन गरेको निर्णय उपर आवश्यक कार्यवाही गरी निर्णय बदर गराई पाउ“m ।

महोदय,
भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नया“ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भन्ने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो ।
एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आधार मुलत तिन वटा बु“दामा दिएको रायसहितको निष्कर्षका साथै एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरी जिल्ला लिग समेत सञ्चालन गरेको र क्लब दर्ता समेतका आधारहरु समेत पुरा नगरी एन्फाको विधान र नियमावली अनुसार हुनु पर्ने क्लब दर्ता समेत नभएको र प्रक्रिया पु¥याउनु पर्ने क्लब संख्या समेतको आधारमा कानुनी प्रकृया पुरा नभएको र कानुनी प्रकृया अनुसार क्लबहरु दर्ता नभएको जिल्ला प्रशासन कार्यालय, भक्तपुरको पत्रबाट क्लब तथा टिमको दर्ता एवं नविकरण समेत नभएको÷नगरेको भनि पत्र प्राप्त भएको साथै अन्य निकायहरुमा समेत आवद्धता नरहेको पाइएको तथा एन्फाद्धारा प्रेशित प्रतियोगिता नियमवालीको नियम १६ को सारांशमा सहि छाप गरी बन्द गरेको कागजको तल पट्टीको खाली भागमा सच्याई आफु अनुकुलको रकम उल्लेख गरी निर्देशन र नियम विपरित तवरले रकम उठाई लिग संचालन गरेको पाइएकोले र जिल्ला लिग संचालन गर्दा प्रक्रियागत त्रुटीहरु समेत गरेको पाईएको हुंदा उल्लेखित बु“दाहरुमा पनि छलफल हुंदा संघको विधानको धारा १४ को उपधारा १ को (क) र (ट) तथा धारा २१ को उपधारा ३ को विपरितको गतिविधि गरेको देखिएको हुंदा एन्फाको निर्णय निर्देशनहरु कार्यान्वयन नगरेकोले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा एक नया“ भक्तपुर जिल्ला फुटबल संघको तदर्थ समिति गठन गर्ने साथै सो तदर्थ समितिलाई विधानको धारा १४ र धारा २१ समेतको अधिकार प्रयोग गराउने र एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा रहने गरी विद्यमान कोविड–१९को महामारीमा नेपाल सरकारबाट लागु गरिएको लकडाउन पूर्ण रुपमा अन्त्य भए पश्चात शुरु हुने गरी ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ । जुन एन्फाको विधान विपरित छ ।
भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गर्यो । एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आरोप निराधार रहेको साथै संघको बैठक बसी जिल्ला लिग सञ्चालनमा क्लब दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको सोहि अवधिमा दर्ता गरेको टिमक्लब राखी लिग सञ्चालन गरेको र नियम पक्रिया नपु¥याई दर्ता गर्न आएको टिम क्लबलाईमात्र दर्ता नगरेको हो । सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउ“दा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यान सहितको टिमक्लब दर्ताको कागजात पेश गरेको थियौं । साथै लिग संचालनको लागि एन्फाबाट प्रेशित प्रतियोगिता नियमावलीले जिल्ला संघलाई दिएको अधिकार प्रयोग गरी जिल्ला संघको निर्णय भए अनुसार सो नियमावलीको अन्तमा क्लबहरुको जानकारीको लागि मात्र प्रतियोगितामा क्लब दर्ता र धरौटी शुुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला संघलाई हुने भनि नियमानुसार आवश्यक बु“दाहरु थप गरी टिमक्लबलाई पत्राचारसम्म गरेको हो । एन्फाको नियमावली सच्चाएको वा विधान तथा नियमावली विपरितको कुनै पनि कार्य गरेको छैन, होइन् ।
यस संघ धारा १४(१)(क) अनुसार एन्फाको विधान, नियमावली, निर्देशिका तथा निर्णय पालना तथा दायित्व बहान भएको छ । साथै १४(१)(ट) बमोजिम सदस्यहरुको लगत नियमित रुपले ब्यवस्थित गर्ने कार्य पनि भएको छ । बरु विगत केहीं समयदेखि एन्फा कार्यसमितिले निजि स्वार्थलाई सर्वोपरी ठानी विधान विपरित र आर्थिक अनियमियतता गरेको तथा सदस्य संघहरुलाई निषेधको व्यवहार गर्ने गरेको हु“दा हामी एन्फाका जिल्ला सदस्य संघहरुले यस विषयमा छानबिन गरी कार्यवाहीको माग गर्दै सम्मानीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद लगायतको निकायमा उजुरी समेत दर्ता गरेका छौं । एन्फाको कार्य समितिले गरेको अनियमितता लगायतको कार्य विरुद्ध फुटबल र एन्फाको हितमा आवाज उठाउ“दा कमी कमजोरीहरुलाई सच्याउनु पर्नेमा उल्टै रिसइवी साध्ने बदनियतले मात्रै एन्फाको विधान विपरित यस भक्तपुर जिल्ला फुटबल संघलाई मिति २०७७ असार २ गते एन्फा कार्य समितिको बैठकले एन्फाको विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई प्रतिस्थापन गर्ने भनी गरेको निर्णय एन्फा विधान विपरित हु“दा अन्यायपूर्ण छ ।
एन्फा विधानको धारा ५४ ले कार्यसमितिले आवश्यक देखेमा खास काम र निश्चित अवधिको निम्ति तदर्थ समितिहरु गठन गर्न सक्ने ब्यवस्था गरेको हो । एन्फा कार्यसमितिले २०७७।०३।०२ गते निर्णय गरिएको भनिएको भक्तपुर जिल्ला फुटबल संघलाई प्रतिस्थापन गर्ने अधिकार विधानले एन्फा कार्यसमितिलाई छैन । यसरी विधान विपरित हचुवा भरमा गरेको प्रतिस्थापनको निर्णय बदर भागी छ । साथै एन्फा विधान को धारा ३६ ले पनि एन्फा कार्यसमितिलाई कुनै सदस्यलाई प्रतिस्थापन गर्ने अधिकार दिएको छैन । एन्फा विधानको धारा १०, १५, १६ बमोजिम एन्फाका कुनै सदस्यलाई निलम्बन, निस्कासन गर्न परेमा वा धारा ३९ बमोजिम बर्खास्ती गर्न परेमा एन्फाको कंग्रेस(साधारण सभा)ले मात्रै गर्न सक्ने ब्यवस्था गरेको हु“दा साथै धारा ७१ बमोजिम पुनरावेदन समितिमा पुनरावेदनको मौका दिने समेत उल्लेख नगरी एन्फाको बिधान विपरितको २०७७ असार २ को एन्फा कार्यसमितिले निर्णय एन्फाको विधान विपरितको गैरकानूनी, बदनियतपूर्ण हु“दा बदर गरी पाऊ“ ।
साथै एन्फा विधानको धारा ७४ को अनुसाशन तथा कारवाही गर्दा सदस्यलाई स्पष्टिकरण लिई सुनुवाईको मौका दिएपछि मात्र आवश्यक परे चेतावनी, नसिहत, जरिवाना गर्ने, ब्यक्तिलाई भए सजग गराउने, निस्काशन तथा निलम्बन गर्ने प्रकृया केही नगरी हचुवा भरमा ठाडै एन्फा विधान विपरित प्रतिस्थापन गर्ने भनी अन्य मानिसहरुको तदर्थ समिति गठन गर्ने कार्यसमितिको निर्णय बदरभागी हु“दा बदर गरी गौतम सुजखु अध्यक्ष रहेको जिल्ला कार्यसमितिलाई यथावत कायम गरी पाउन आवश्यक निर्णय, निर्देशन, आज्ञा आदेश गरी पाऊ“ ।
यसरी यस भक्तपुर जिल्ला फुटबल संघलाई कुनै स्पष्टिकरणको मौका अर्थात निष्पक्ष सुनुवाईको मौका समेत नदिई हचुवा तथा पूर्वाग्रह राखी गरेको असार २ गतेको निर्णय एन्फा बिधान विपरितको हु“दा उक्त निर्णय बदरभागी छ । साथै एन्फा कार्य समितिले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी नया“ तदर्थ समिति गठन गर्न पाउने कुनै पनि अधिकार विधानले प्रदान गरेको छैन् । तर पनि एन्फा कार्यसमितिले विधान विपरित भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी फुटबल र खेलाडीसमेतलाई क्षति पु¥याउने काम गरेको हु“दा न्यायका लागि निवेदन साथ उपस्थित भएका छौं । अतः विधान विपरित एन्फा कार्यसमितिको मिति २०७७ असार २ गतेको निर्णय बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई यथावत काम गर्न दिनु दिलाउनु पर्ने उपर्युक्त निर्णय वा आदेश गरी पाउ“m ।

निवेदक
गौतम सुजखू
अध्यक्ष