भक्तपुर, जेष्ठ ३१ ग्ते
जेठ २८ गते बुधबार मन्त्री परिषद्को निर्णय अनुसार एसइइको परीक्षा नलिई बिद्यालयको आन्तरिक मुल्याङ्कनबाट परीक्षा बोर्डबाट लब्धाङ्कक पत्र दिने व्यवस्थाको समाचारहरु बाहिर निस्केसंगै पत्रपत्रिकामा अभिभावकहरुले आ–आफ्नो बालबालिको ग्रेड बढाउन बिद्यालयहरुमा दबाब दिएको समाचारहरु पनि बाहिर आएको भन्दै अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिले यसमा ध्यान आकृष्ट भएको जनाएकोछ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघका सचिव रामकृष्ण प्रजापतिले मजदुर पत्रिकामा कोरोना प्रभावः पछिल्लो अपडेट भनेर लाखौं मरिसकेको विश्व स्वास्थ्य संगठनको स्रोतबाट लिई प्रकाशित भईरहेको छ । यस्तो अबस्थामा हुलमुल हुने गरी परीक्षा लिनु कतिको न्यायचित होला ? हामीले पनि एकपटक हात छातिमा राखेर सोच्ने हो की ? यसले भोलि के भयावह स्थिति आउन सक्नछ ? यस्तो असहज परिस्थितिलाई मुल्याकङ्क गरी एक पटकको लागि स्वमुल्याकङ्कको संकटमोचनको कुरा हुनसक्छ । बरु यसमा सबै बिद्यालय र शिक्षकहरु इमान्दारीता पूर्वक मुल्याकङ्क गरिदिनु हुन समेत अनुरोध गर्दछु । भन्दै उहाँले भन्नु भयो, विद्यार्थीहरु भविष्यका कर्णधार हुन । आज बिद्यालय र शिक्षकहरुले गरेको लापरवाहीले उनीहरुको भविष्य विग्रन सक्छ । यसलाई मध्ये नजर गरी शिक्षकहरु आफ्नो देशको भविष्यलाई मध्य नजर गरी भोलि तिनै कमजोर विद्यार्थी डाक्टर बन्ने हामी नै मृत्युवरण गर्नु पर्ने आवस्था आउन सक्ने भएकोले निष्पक्ष ढंगले स्वमुल्याकङ्क गरिदिने आशा समेत लिएको छु । अभिभावकहरुको दवाव र पैसाको लेनदेनमा ग्रेड बृद्धि गर्ने मुखर्ता सचते र इमान्दार शिक्षकहरुबाट हुने छैन भने समेत यस संघ आशावादी छु ।
अभिभावकहरु अहिले शिक्षा विना चौतर्फ विकास नहुने चेत खुलि सकेकोले आफु खाई नखाई वा आधा पेट भोकै बसेर वा आफ्नो छाक काटेर भएपनि आफ्ना बालबालिकाको भविष्यको लागि शिक्षामा जोड दिई आएको छ ।
अहिले देशमा गणतन्त्र आई संघीयतमा देश गई सकेपछि स्थानीय सरकारले माध्यामिक विद्यालय हेर्ने जिम्मा आईसकेपछि भने शुल्क निर्धारण स्थानीय सरकारले सरोकारवाला राखेर गर्दै आएको यहाँहरुलाई जानकारी नै हुनु पर्छ । स्वमुल्याकङ्क निष्पक्ष ढंगले व्यवहारमा नै देखिने गरी कार्यान्वयन गर्ने त सरकारको कर्तव्य हो त्यो संघीय सरकार होस् वा प्रदेश सरकार वा स्थानीय सरकार । अभिभावक संघले उक्त कुराहरुको उजागर गर्ने, अभिभावकहरुलाई सचेत गर्ने र संगठित गरी सशक्त रुपमा अभिभावकहरुलाई परेको पिर मार्कामा आवाज बुलन्द गर्ने कार्य गर्दै आएको यहाँहरुमा जानकारी गराउँन चाहन्छु । सचिव प्रजापतिले भन्नु भयो ।
स्वमुल्याकङ्कको आवश्यकता अहिले विश्वमा कोभिड १९ अथवा कोरोना भाइरसबाट ग्रसित छ र यो रोग हुलमुल र एक अर्काको सम्पर्कबाट हुने, अथवा हाँछ्यु र खोक्दा सर्ने भएकोले सर्तक रहनु पर्ने भएकोले लकडाउन गरेको हो । यस्तो अवस्थामा हुलमुल गरी परीक्षा लिन्दा वा परीक्षा फल प्रकाशित गर्दा त्यसले कोरोना सर्न सक्ने वा लकडाउनको मतलब नहुने भएकोले पहिलो दोश्रो त्रैमासिक परीक्षा साथै प्रि बोर्ड परीक्षा वा प्रि परीक्षाको अंकलाई आधार मानी त्यसपछिको विषयगत शिक्षकहरुले कुन विद्यार्थी कति प्रतिभावान छन् सहज स्वमुल्याकङ्क गर्न सक्ने धेरै आधारहरु छन् । त्यस हिसाबले यो कोरोनाको महामारीको समयमा एक पटकको लागि स्वमुल्याकङ्कको आधारमा परीक्षाफल प्रकाशित गर्दा समस्या नहुने हो कि भने अभिभावक संघलाई लागेको छ । साथै जीवन भए त्यस्तो परीक्षा धेरै पटक दिन पाइन्छ तर कोभिड १९ का कारण जीवन समाप्त हुने कार्य हामीबाट गर्नु हुन्न । देश र जनताको निम्ति बरु जीवन बलिदान दिन सकिन्छ अनहकमा एउटा परीक्षाको लागि जीवन दाउ पार्ने कार्य गर्नु अभिभावक संघलाई अनुचित लागेको छ । साथै उक्त रोगले एकदुई जनामात्र होइन हामीले विभिन्न विदेशमा दिनको सयौंको मृत्यु भई राखेको समाचार पढको छौं । साथै विभिन्ना देशमा विद्यालय संचालन गर्दा हजारौं विद्यार्थीहरुलाई कोरोना सरेको समाचारहरु हामीले पढेका छौं । त्यसैले मानवीय क्षेति हुनबाट बचाउन कसैको दवाव रहित र लेनदेनमा भर नपरी निष्पक्ष ढंगले बिद्यालय र शिक्षकहरुले स्वमुल्याङ्कन गरिदिनु संघको तर्फबाट अनुरोध गरेको हो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














