भक्तपुर, जेष्ठ २२ गते
नेपाल बैंक लिमिटेड कमलविनायक शाखामा विहिबार विहानदेखि भिडभाड देखिएको थियो । कोरना भाइरसको जोखिमका बाबजुत सामाजिक वा भौतिक दुरीसमेत कायम गर्न नसक्ने गरी सेवाग्राहीहरुको भीड लागेपछि सेवाग्राहीहरु आफैले कुपन बाडेर भीड व्यवस्थापन गरी बैंकबाट सेवा लिइरहेका थिए । ३ हजार पेन्सन् र १३ हजारको संख्यामा सदस्य रहेको सो शाखामा सेवा लिन आज विहान ७ बजे देखि लाइनमा बसेको मिना महतले बताए । विहानै आए पनि उनको कुपन नम्वर १४९ परेको थियो । कोरना भाइरसको जोखिमलाई समेत ख्याल नगरी सेवाग्राहीहरु बैंकिंग सेवा लिन हानथाप गरेपछि सेवाग्राहीहरुको तर्फबाटै कुपन व्यवस्थापन गरेको सेवाग्राही एवं स्वयंसेवक विश्वराम थापाले जनाए ।

बैंक म्यानेजर विष्णुमान भैलले भक्तपुरमा कोरना भाइरसको संक्रमण देखिन थालेपछि हप्ताको एक दुई दिन मात्रै बैंक खोलेकोले र अहिले पेन्सन सेवा लिन आउनेको हुल हुँदा हुलमुल देखिएको बताउनुभयो । अरु बैंकहरुमा हुलमुल भए पनि नेपाल बैंक भक्तपुर शाखामा यस भन्दा अगाडी यसरी हुलमुल नभएको उहाँले बताए । विरामी, जेष्ठ नागरीकदेखि कर्मचारी एवं पेन्सन र सर्वसाधारण समुदाय समेत कुपनको आधारमा सेवा लिनुपर्दा अप्थेरो भएको ताथलीका केशरवहादुर खड्का बताउँछन् । उनले स्थानीय नगरपालिकाको योजनाको कारोवार गर्न आएको भन्दै कुपन नम्वर ३ सय भन्दा पछि परे पछि पैसा सातेर कसरी घर जाने भन्ने चिन्ता छाएको उल्लेख गरे । सरकारी योजना असार भित्रै सम्पन्न गरी हिसाब किताब बुझाइ सक्नुपर्छ । यो तालले कसरी संभब होला र? उनी भन्दै थिए । एक हप्ता अगाडी हुलमुलमा चेक समेत हराएको स्मरण गर्दै सरकारी बैंक भए पनि ब्यबस्थित गरी सेवा दिएको भए हुने विचार व्यक्त गर्नु भयो । उहाँ जस्तै सेवा ग्राहीको जिज्ञासा र गुनासोमा बैंक व्यवस्थापक भैलले बढ्दो भिड अनुसार ५ वटा काउटर खोलेर सबै किसिमका सेवा दिइरहेको बताए । हप्ताका दुई दिन मात्र बैंक खोलि सेवा दिइरहेकोले हुल भएको भन्दै केन्द्रमा थप सेवा व्यवस्थाको लागि अनुमतिको प्रतिक्षामा रहेको उल्लेख गर्दै उहाँले सेवाग्राहीलाई घर पुग्न धिल्ला भएमा घरसम्म पुर्याइ दिने सेवा समेत बैंकले गर्ने जनाएका छन् ।


सरकारी बैंकले सुरक्षित रुपले नियमित सेवा प्रवाह गरेको भए भीडभाड नहुने सेवाग्राहीको गुनासो थियो । बैंकले पनि सेवा सुरु गर्नुपूर्व प्रहरीलाई बेलैमा खवर नगर्दा हुल व्यवस्थापन चुकेको डिउटीमा खेतेका प्रहरीको भनाई छ । सेवाग्राही आफैले हुल ब्यवस्थापन गरी सेवा लिनुपरेको कटुञ्जेका सेवाग्राही सुभाष बखुँछेले बताए । विहान कुपन लिनका लागि सेवाग्राहीहरु सबै लाइनमा बसेका थिए । कुपन लिएपछि हुलमुल भएको प्रत्यक्षदर्सीहरुको भनाई छ । त्यसपछि आआफैले कुपन बनाउन थाले । हुल व्यवस्थापन कसरी होला? सेवाग्राही बैंक व्यबस्थापकहरुको ध्यानाकर्षण गराउँदै थिए ।
बैंकबाटै वितरण गर्दै आएको कुपन केन्द्रीय बैंकबाट स्थगित गरिएको भन्दै बैंकमा आएका ग्राहकलाई नियमित सेवा दिन्दै आएको बैंकको भनाई छ । ११ जना स्तार्फहरुले ५ वटा काउण्टर र अन्य नियमित सेवा दिनु पर्दा दिन भर हुल भएको थियो । पेन्सन्का सेवाग्राहीका कारण हुल भएको बैंकको थम्याई छ । हुल ब्यवस्थापन हुन नसक्दा पनि सेवाग्राहीलाई नआतिकन सेवा लिन बैंकले आग्रह गर्दै आएका थिए । ५ वटा काउन्टरबाट ५ जनालाई एकपटकमा सेवा दिने ब्यवस्था गरेका थिए । सेवाग्राही आफै स्वयंसेवक भएर सरकारी बैंकबाट सेवा लिनुपर्दा व्यवस्थापनको कमिकमजोरी औल्याउँदै तथा पानी परेकाले सेवाग्राहीलाई सेवा लिन गाह्रो महसुस गर्दै थिए । यद्यपी आज एक्कै दिन ७ सय जनाको १५ सय सेवा दिन सकेको बैंकमा व्यवस्थापक विष्णुमान भैलले बताउनु भयो ।













